News Portal

आर्थिक अभावका कारण जितु जीवनमरणको दाेसाहरणमा

हिमाली संचार संवाददाता
४९५ पटक

रबिन्द्र बराल/मोरङ।
२०७७ भदौ १३, शनिबार – माेरङकाेे सुनवर्सि नगरपालिका-६ स्थित कैमीमा बसाेवास गर्दे आएका ३० बर्षका जितु हाँस्दा ४ महिनादेखि प्यारलाईसिस (लक्वा) राेगबाट ओछ्यानबाट उठनसमेत सकेका छैनन्।

बिगत १० बर्ष देखि गाउँघरमा ट्याक्टर चालककाे रुपमा काम गरेर आफ्नो ८ परिवारलाई पालनपोषण गर्दे आईरहेका जितु अहिले प्यारलाईसिस राेगबाट दुुुबै हातखुट्टा चल्न छाडेपछि उनी अहिले ओछ्यानमै जीवनमरणकाे सङ्घारमा छट्पटी रहेका छन। उनका बुवा फागु हाँस्दाले भने आफूसंग भएको जग्गा धितो पास गरेर १ लाख रुपैयाँ ऋण लिएर छाेराकाे उपचार गरेता पनि उनको राेग भने निकाे भएको छैन।

गत बैशाख २६ गते सामान्य काम गरेर घर फर्किएका जितु खाना खाने समयमा उनी एक्कासि लडेपछि उनलाई उपचारका लागि बिराटनगर स्थित नाेवेल अस्पताल उपचार गर्ने लगेको उनकाे बुवा फागुले बताए।

उनलेे भने, नाेवेल अस्पतालमा एक रातमा आफुले ५० हजार रुपैयाँ खर्च गरेपछि २७ गते आफूसंग पैसा नभए पछि छाेरालाई घर ल्याउनु परेकाे फागुले बताए।

अहिले उनकाे घरमा बुवाआमा र श्रीमति र ७ बर्षकाे छाेरी, २ र ६ बर्षकाे छाेरासमते एकै घरमा बस्दै आईरहेका छन। उनकाे घरमा अहिले हातमुख जाेडन समेत निकै समस्या परेको छ। घरमा दुई छाक टार्नसमेत धाैध परिरहेको अबस्थामा अब कसरी श्रीमानकाे उपचार गर्नु भन्दै उनकाे श्रीमती दुर्गाले बिलाैना गरिरहेकि छन।

केही दिन अगाडि घरमा खाद्यान्न नहुदा स्थानीयले सहयोग दिएकाे चामल पकाएर परिवारलाई खुवाएकाे दुर्गाले बताईन। दुर्गाले अगाडि भनिन, आफू काम गर्ने जाउ भने दिनभर श्रीमानकाे स्यारसुसार गर्नुपर्छ बुबाआमा, बृद्ध हुनुहुन्छ छाेराछाेरी सानै छन अब परिवारलाई पालनपोषण गर्नु कि काम गर्न जानू भन्दै बिलाैना गरिरहेकि छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...