News Portal

आर्थिक अभावका कारण जितु जीवनमरणको दाेसाहरणमा

हिमाली संचार संवाददाता
५३९ पटक

रबिन्द्र बराल/मोरङ।
२०७७ भदौ १३, शनिबार – माेरङकाेे सुनवर्सि नगरपालिका-६ स्थित कैमीमा बसाेवास गर्दे आएका ३० बर्षका जितु हाँस्दा ४ महिनादेखि प्यारलाईसिस (लक्वा) राेगबाट ओछ्यानबाट उठनसमेत सकेका छैनन्।

बिगत १० बर्ष देखि गाउँघरमा ट्याक्टर चालककाे रुपमा काम गरेर आफ्नो ८ परिवारलाई पालनपोषण गर्दे आईरहेका जितु अहिले प्यारलाईसिस राेगबाट दुुुबै हातखुट्टा चल्न छाडेपछि उनी अहिले ओछ्यानमै जीवनमरणकाे सङ्घारमा छट्पटी रहेका छन। उनका बुवा फागु हाँस्दाले भने आफूसंग भएको जग्गा धितो पास गरेर १ लाख रुपैयाँ ऋण लिएर छाेराकाे उपचार गरेता पनि उनको राेग भने निकाे भएको छैन।

गत बैशाख २६ गते सामान्य काम गरेर घर फर्किएका जितु खाना खाने समयमा उनी एक्कासि लडेपछि उनलाई उपचारका लागि बिराटनगर स्थित नाेवेल अस्पताल उपचार गर्ने लगेको उनकाे बुवा फागुले बताए।

उनलेे भने, नाेवेल अस्पतालमा एक रातमा आफुले ५० हजार रुपैयाँ खर्च गरेपछि २७ गते आफूसंग पैसा नभए पछि छाेरालाई घर ल्याउनु परेकाे फागुले बताए।

अहिले उनकाे घरमा बुवाआमा र श्रीमति र ७ बर्षकाे छाेरी, २ र ६ बर्षकाे छाेरासमते एकै घरमा बस्दै आईरहेका छन। उनकाे घरमा अहिले हातमुख जाेडन समेत निकै समस्या परेको छ। घरमा दुई छाक टार्नसमेत धाैध परिरहेको अबस्थामा अब कसरी श्रीमानकाे उपचार गर्नु भन्दै उनकाे श्रीमती दुर्गाले बिलाैना गरिरहेकि छन।

केही दिन अगाडि घरमा खाद्यान्न नहुदा स्थानीयले सहयोग दिएकाे चामल पकाएर परिवारलाई खुवाएकाे दुर्गाले बताईन। दुर्गाले अगाडि भनिन, आफू काम गर्ने जाउ भने दिनभर श्रीमानकाे स्यारसुसार गर्नुपर्छ बुबाआमा, बृद्ध हुनुहुन्छ छाेराछाेरी सानै छन अब परिवारलाई पालनपोषण गर्नु कि काम गर्न जानू भन्दै बिलाैना गरिरहेकि छन।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...