News Portal

  • १० किलो अवैध सुन समात्ने प्रहरी पुरस्कृत !

    ७०० पटक

    विकास मरहट्टा 
    गोरखा – तिब्बतबाट तस्करी गरेर ल्याएको १० किलो अवैध सुन समात्न सफल प्रहरी पुरस्कृत भएका छन् ।

    गोरखाको चुमनुव्री गाउँपालिका-३ फिलिम स्थित सिर्दिवास प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक तुलबहादुर सेनलाई जिल्ला प्रहरी कार्यालयले नगदसहित पुरस्कृत गरेको हो ।

    शनिबार सिर्दिवासबाट अवैध दश किलो सुनसहित छेकम्पारका दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा ५८ वर्षीय मुटुप लामा भन्ने छिरिङ मुटुप लामा र २८ वर्षीय लोप्चन तेन्वे छन् ।

    छेकम्पारबाट आरुघाट ल्याउँदै गरेको अवैध सुन सिर्दिवास चेकपोष्ट अगाडि चेकजाँचका क्रममा बरामद भएको थियो । पक्राउ परेका दुबैलाई सार्वजनिक गरिएको छ ।

    तिब्बतबाट ल्याइएको थियो सुन

    बरामद भएको सुन तिब्बतबाट ल्याइएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । उत्तरी गोरखा सिर्दिवासको स्यात्ला नाकाबाट सुन ल्याएको पत्रकार सम्मेलनमा गोरखा प्रहरी प्रमुख एसपी बिमल बस्नेतले जानकारी दिए ।

    प्रहरीकाअनुसार चीनको तिव्वत स्थित जोङ्ग भन्ने स्थानमा च्याङचिन भन्ने चिनियाँ नागरिकले सुन काठमाडौं पुर्‍याउन भनेका थिए । ‘त्यही नजिकै चिया पसल गरेर बस्ने तिव्वतका पासाङले समन्वय गरेर लामा र तेन्वेलाइ सुन काठमाडौ पुर्‍याइदिन भनेका रहेछन्’ एसपी बस्नेतले भने, ‘उनीहरुको फोन नम्वर राखेर काठमाडौ पुगेपछि तपाइलाई फोन आउँछ, त्यही व्यक्तिलाई सुन दिनु भनेछन् ।’

    उनीहरु २१ भदौमा तिब्बतबाट हिँडेका थिए । नेपालको नाकासम्म ट्याक्टर चढेर आएका थिए । सुन काठमाडौं पुर्‍याए वापत नगद ५० हजार पाउने सहमति थियो ।

    यसरी बरामद भयो सुन

    उत्तरी गोरखाबाट अवैध रुपमा सुनसहित अन्य सामानहरु ओसारपसार हुन्छ भन्ने सूचना पाएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको थियो । शनिबार सिर्दिवास चेकपोष्ट हुँदै आवातजावत गर्नेहरुको चेकजाँच भइरहेको थियो । करिव ४ बजेतिर समयमा लामा र तेन्वे लाइनमा नवसी अगाडि बढ्न थालेपछि प्रहरीले रोक्यो ।

    चेकजाँचको क्रममा उनीहरुबाट १० किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । लामाले गलवन्दीभित्र सुन राखेर बाहिरबाट सिलाएका थिए र गलबन्दी कम्मर बेल्ट जस्तो बनाएर बाँधेका थिए । उनको साथबाट पाँच थान सुनको बिस्कृट, कानमा लगाउने कुन्दरा दुई थान (सात तोला) र दुई थान टप बरामद भएको छ ।

    तेन्वेले भने पछाडि बोकेको झोलामा पाँच थान सुनको बिस्कुट बोकेको भेटिएको एसपी बस्नेतले बताए ।

    पाँच किलो सुन दिने प्रस्ताव

    प्रहरीले सुनसहित पक्राउ गरेपछि उनीहरुले सिर्दिवास प्रहरी चौकीका इन्चार्जलाइ पाँच किलो सुन लिन प्रस्ताव गरे । तर, सेनले अस्वीकार गरेपछि बरामद भएको सबै सुन लैजानुस् तर, हामीलाई छाड्नुस् समेत भनेका थिए । तर, सेन नेतृत्वको प्रहरी टोलीले सुनसहित पक्राउ गरेर सदरमुकाम ल्याएको छ ।

    उत्तरी नाकामा कडाइ

    तिब्बतसँग खुल्ला सिमाना भएका कारण उत्तरी क्षेत्र अवैध सामान ओसारपसारको मार्ग बन्दै आएको छ । सदरमुकामबाट धेरै टाढा र सडक सञ्जालको पहुँच नभएका कारण उत्तरी क्षेत्रका स्थानीयहरुको व्यापारिक केन्द्र तिव्वत हो ।

    तिब्बत जान बिभिन्न नाकाहरु छन् । तर, सीमा सुरक्षा पोष्ट नहुँदा अवैध सामान ओसार पसार हुने थरेको छ । पछिल्लो समय भने जिल्ला प्रशासन कार्यालयले चेकजाँच थालेको छ ।

    उत्तरी क्षेत्रमा हुने हेलिकोप्टर उडानमा समेत कडाइ गरिएको छ । उत्तरी क्षेत्रमा उड्ने हेलिकोप्टर अनिवार्य रुपमा जिल्ला सदरमुकाममा ल्याण्ड हुनुपर्ने र प्रशासनले खटाएको एक जना कर्मचारी लिएर जानुपर्ने नियम लगाइएको थियो ।

    तर अहिले भने सदरमुकाममा ल्याण्ड हुनुपर्ने बाध्यता हटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले बताए । ‘यहा ल्याण्ड भएपनि नभएपनि हामीले निगरानी गरिरहेका हुन्छौं, हाम्रो रणनिति परिवर्तन भएको छैन,’ उनले भनेको अनलाइनखबरले समाचार लेखेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा...

    शेरबहादुर र आरजु देउवा अस्पतालमै, अझै साताभन्दा बढी समय उपचार आवश्यक

    काठमाडौं, भदौ ३० – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री...

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...