News Portal

सर्वोच्चमा प्रधानन्यायाधीश मिश्रलाई जोशीको स्वागत !

६१९ पटक

काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएका मिश्रले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले सोमबार साँझ नै पदभार ग्रहण गरे ।

नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा स्वागत भने प्रधानन्यायाधीशमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले गरेका छन् ।

संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि जोशी विदा बसेका थिए । तर, मिश्र प्रधानन्यायाधीश नियुक्त भए लगत्तै सर्वोच्च आएका छन् ।

यदि जोशीको नाम स्वीकृत भएको भए मिश्रले सर्वोच्चको न्यायाधीशकै रुपमा अवकास पाउने थिए । तर, शैक्षिण प्रमाणपत्र लगायतका विवादका कारण जोशी अस्वीकृत भएपछि मिश्रले चार महिना सर्वोच्चको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

न्यायाधीशबीच विवाद हुँदैन  : मिश्र

सोमबार पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा कुनै किसिमको विवाद र मनोमालिन्यको अवस्था नभएको बताए ।

न्यायाधीशहरुबीच आपसमा विवाद र मनोमालिन्यको अवस्था नरहेको र आफ्नो कार्यकालमा त्यस्तो अवस्था आउन नदिने उनले बताए । ‘विगतमा के भयो हामी छोडिदिउँ, अहिले केही छैन, कम्तीमा मेरो कार्यकालमा त्यस्तो केही हुने छैन’ उनले भने ।

प्रधानन्यायाधीश मिश्रले अदालत छिट्टै अटोमेसन प्रक्रियामा जाने बताएका छन् । ‘हामी अटोमेसनमा जाने प्रयास गरेका छौं । सूचना प्रविधिको कसरी प्रयोग गर्न सकिन्छ भनेर हिजोमात्र समिति गठन गरेका छौं’ उनले योजना सुनाए ‘पेशी तोक्दा समितिले दिएको सुझाव अनुसार मुद्दाहरु छिटो छरितो गर्न वर्गीकरण गरेर मुद्दाको पेशी तोक्ने’

आफूसँग समय कम भए पनि राम्रो काम सुरु गर्न सकेमा कालान्तरमा त्यसले राम्रो नतिजा दिने बताए । ‘निश्चय नै समय मसँग कम छ । तर राम्रो कामको सुरुवात गरेमा त्यसको नतिजा एक दुई महिनामा नआए पनि कालान्तरमा फाइदा हुन्छ ।’

प्रधानन्यायाधीश मिश्रले अदालतबाट विचौलिया अन्त्य गर्न आफूलाई सञ्चार माध्यमले पनि सहयोग गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...