News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सर्वोच्चमा प्रधानन्यायाधीश मिश्रलाई जोशीको स्वागत !

    ४८८ पटक

    काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएका मिश्रले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले सोमबार साँझ नै पदभार ग्रहण गरे ।

    नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा स्वागत भने प्रधानन्यायाधीशमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले गरेका छन् ।

    संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि जोशी विदा बसेका थिए । तर, मिश्र प्रधानन्यायाधीश नियुक्त भए लगत्तै सर्वोच्च आएका छन् ।

    यदि जोशीको नाम स्वीकृत भएको भए मिश्रले सर्वोच्चको न्यायाधीशकै रुपमा अवकास पाउने थिए । तर, शैक्षिण प्रमाणपत्र लगायतका विवादका कारण जोशी अस्वीकृत भएपछि मिश्रले चार महिना सर्वोच्चको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

    न्यायाधीशबीच विवाद हुँदैन  : मिश्र

    सोमबार पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा कुनै किसिमको विवाद र मनोमालिन्यको अवस्था नभएको बताए ।

    न्यायाधीशहरुबीच आपसमा विवाद र मनोमालिन्यको अवस्था नरहेको र आफ्नो कार्यकालमा त्यस्तो अवस्था आउन नदिने उनले बताए । ‘विगतमा के भयो हामी छोडिदिउँ, अहिले केही छैन, कम्तीमा मेरो कार्यकालमा त्यस्तो केही हुने छैन’ उनले भने ।

    प्रधानन्यायाधीश मिश्रले अदालत छिट्टै अटोमेसन प्रक्रियामा जाने बताएका छन् । ‘हामी अटोमेसनमा जाने प्रयास गरेका छौं । सूचना प्रविधिको कसरी प्रयोग गर्न सकिन्छ भनेर हिजोमात्र समिति गठन गरेका छौं’ उनले योजना सुनाए ‘पेशी तोक्दा समितिले दिएको सुझाव अनुसार मुद्दाहरु छिटो छरितो गर्न वर्गीकरण गरेर मुद्दाको पेशी तोक्ने’

    आफूसँग समय कम भए पनि राम्रो काम सुरु गर्न सकेमा कालान्तरमा त्यसले राम्रो नतिजा दिने बताए । ‘निश्चय नै समय मसँग कम छ । तर राम्रो कामको सुरुवात गरेमा त्यसको नतिजा एक दुई महिनामा नआए पनि कालान्तरमा फाइदा हुन्छ ।’

    प्रधानन्यायाधीश मिश्रले अदालतबाट विचौलिया अन्त्य गर्न आफूलाई सञ्चार माध्यमले पनि सहयोग गर्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...

    कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

    मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने...

    १३ गतेदेखि रोकिएको संसद् आज चल्ला? सहमति बन्ने संकेत तर निश्चितता छैन

    काठमाडौं, जेठ २६ – विवादित भिजिट भिसा प्रकरणलाई लिएर राजनीतिक दलहरूबीच निरन्तर छलफल चलिरहेका छन्।...

    पोखरामा सनसनीपूर्ण हत्या : वन क्याम्पस नजिकै अन्दाजित ३० वर्षीय युवकको शव फेला

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ अन्तर्गत रहेको वन विज्ञान अध्ययन संस्थान (वन क्याम्पस) नजिकैको...