News Portal

विद्यालयभित्र तास खेल्ने प्रधानाध्यापक पक्राउ

हिमाली संचार संवाददाता
३९८ पटक

चितवन – कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका  प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

बिहीबार दिउँसो १ बजेतिर प्रहरीले विद्यालयबाट उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।उनीहरुलाई जुवा ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी निरीक्षक घर्तीले बताए ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...