News Portal

विद्यालयभित्र तास खेल्ने प्रधानाध्यापक पक्राउ

हिमाली संचार संवाददाता
३८० पटक

चितवन – कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका  प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

बिहीबार दिउँसो १ बजेतिर प्रहरीले विद्यालयबाट उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।उनीहरुलाई जुवा ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी निरीक्षक घर्तीले बताए ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...