News Portal

खोटाङमा बोलेरो जीप दुर्घटना चालक गम्भीर घाईते

हिमाली संचार संवाददाता
६०३ पटक

२०७७ भाद्र ११, बिहिवार
खोटाङ – सामान बोक्ने बोलेरो जीप दुर्घटना हुँदा खोटाङमा चालक गम्भीर घाईते भएका छन्। दिक्तेलबाट काठ्माण्डौंतर्फ जाँदै गरेको को २ च १८३३ नम्बरको बोलेरो पिकअप हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिके भन्ने स्थानमा दुर्घट्ना हुँदा चालक गम्भीर घाईते भएका हुन्।

जिपको ब्रेक पाइप फुटेर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। जिप चालक रुद्र बहादुर खत्री गम्भीर धाइते भएका हुन। धाइते चालकको स्थानीय क्लिनिकमा प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाण्डौ पठाएको छ।

गाईघाट–८ उदयपुर स्थायी घर भएका खत्रीको देव्रे आखा, हात र कम्मरमा गहीरो चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिए। हलेसीभन्दा केहीमाथिको टर्निङबाट जीप करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...