News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • प्रहरीको गोली लागेर घाइते भएका आलमको मृत्यु

    हिमाली संचार संवाददाता
    ४९६ पटक

    दिलीप राई/झापा

    २०७७ भाद्र ११, बिहिवार – झापा गाउँपालिका -३ कामाटोलीमा गोरु काटेको निहुँमा भएको झडपमा प्रहरीको गोली लागि घाइते भएका रसिकुल आलमको मृत्यु भएको छ। झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर मगरका अनुसार उनलको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको हो।

    मुसलमान धर्माबलम्बीको बाहुल्य रहेको कामाटोलीमा बुधबार स्थानीयबासी र प्रहरीबीच झडप भएको थियो। गोली लागि सख्त घाइते भएका ३८ वर्षिय आलमलाई उपचारका लागि बिएमसी अस्पताल लगिएको थियो । अस्पतालले आलमको मृत्यु भएको पुष्टि गरेको छ।

    झापा गाउँपालिका–३ कामाटोलीमा स्थानीयबासी र प्रहरीबीच झडप हुदा प्रहरीले १० राउण्ड गोली चलाएका  थिए। स्थानीय ३८ वर्षिय रसिकुल आलम प्रहरीले चलाएको गोली लागेर सख्त घाइते भएका थिए।

    आलमको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। स्थानीयले गोरु काटेको खबर पाएपछि प्रहरीको टोली कामाटोली बजार पुगेको थियो। प्रहरीले घटनास्थलवाट गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीयबासीले आक्रमण गरेको सशस्त्र प्रहरीको झापा गाउँपालिकास्थित बिओपीका इन्स्पेक्टर सचन श्रेष्ठले बताए।

    घटनामा सशस्त्र प्रहरीका एक जवान गम्भीर घाइते भएको जानकारी दिएको छ। उनलाई पनि उपचारका लागि बीएन्डसी अस्पताल लगिएको छ। स्थानीयसँगको झडप भएपछि थप मद्दतका लागि सशस्त्र प्रहरी टोली घटनास्थल पुगेको थियो।

    सयौंको संख्यामा स्थानीयहरुले टायर पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ। झापाको कालीमाटी क्षेत्र मुसलमान समुदायको बाहुल्य क्षेत्र हो।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ६, २०८२ (मे १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौं मेयर बालेन शाह गणतन्त्र दिवसको मूल समारोह समितिबाट हट्ने सम्भावना, प्रधानमन्त्री ओलीको कडा संकेत

    काठमाडौं, जेठ ५ – गणतन्त्र दिवस २०८२ को मूल समारोहको तयारीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

    बसको ठक्करबाट रंगेलीमा मिराको मृत्यु

    मोरङ, जेठ ५ – रंगेली नगरपालिका–७ स्थित निचामारी चोकमा बसको ठक्करबाट एक किशोरीको ज्यान गएको...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ फेरि स्थगित, मंगलबार हेर्ने तयारी

    काठमाडौं, जेठ ५ – पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आज पनि सुनुवाइ...

    बुढीगण्डकी आयोजना जनताको सेयरबाट निर्माण गर्न सकिने सम्भावना : सांसद बजगाई

    काठमाडौं, जेठ ५ – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बुढीगण्डकी जलविद्युत आयोजना जनताको सेयरबाट निर्माण...