News Portal

जापानमा बढ्दै तापक्रम: तातो हावा चल्दा २५ को मृत्यु, १२ हजारभन्दा बढी विरामी

हिमाली संचार संवाददाता
४९९ पटक

२०७७ भदौ १०, बुधबार
टोकियो – जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ। जसका कारण तातो हावा चलेको र हजारौं मानिस प्रभावित भएका छन्। प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको थियो।

त्यस्तै यसबाट अरु १२ हजार ८०० मानिस विरामी परेका छन्। जापानको विपद् व्यवस्थापन केन्द्रले सो कुराको जानकारी दिएको हो। उक्त केन्द्रका अनुसार तातो हावा चलेका कारण मानिसहरू घरघरमै बिरामी परेका छन्।

तातो हावाबाट जापानका कम्तीमा पनि ४५ प्रतिशत घरमै भएका र अरु १७ प्रतिशत नागरिक काममा रहेका बेला कार्यालयमा नै विरामी परेका बताइएको छ। जापानका पाको उमेरका नागरिकहरु कम्तीमा पनि ४ हजार जना जतिलाई बढ्दो तापक्रम र आएको तातो हावाले नराम्ररी प्रभावित पारेको र विरामी बनाएको छ।

उक्त विपद् व्यवस्थापन केन्द्रले दिएको पछिल्लो जानकारीमा करिब ३ सय ८७ जना नागरिक अहिले पनि निकै गम्भीर अवस्थाको स्वास्थ्यकर्मीका साथ रहेका बताइएको छ। प्राप्त समाचारमा जनाईएअनुसार हाल जापानमा ३८ डिग्रीभन्दा पनि बढी तापक्रम रहेको छ।

यो तापक्रम जापानका लागि निकै बढी हो। गत वर्षमात्र पनि यस्तै समस्याले यहाँ १ सय २६ जना नागरिकको ज्यान गएको थियो। तातो हावाबाट गत वर्ष जापानमा ७० हजार जनाभन्दा बढी विरामी परी अस्पताल नै भर्ना भएका थिए।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...