News Portal

रंगेली नगरपालिका सिसिएमसीको बैठक सम्पन्न, समय तालिका हेरफेर, लकडाउन यथावत कायम

बिहान ६ बजे देखि १२ तरकारी, बित्तिय संधसंस्था ९:३० देखि १२ र कृषिका सामान २४ धण्टा खुल्ने

हिमाली संचार संवाददाता
४०६ पटक

रबिन्द्र बराल, मोरङ । रंगेली नगरपालिकाको कार्यपालिका व्यवसाय, बित्तिय संधसंस्था संग छालफल गरेर बैठकबाट     बिहान ६ बजे देखि १२ बजेसम्म पसल बजार र तरकारी बजार सामाजिकदूरी कायम गरेर खाेल्ने निर्णय गरेका छन् । 

स्थानीय बित्तिय संधसंस्था भने  बिहान ९:३०  देखि १२ बजेसम्म  खुल्ला गर्ने निर्णय पनि गरेको हो । रंगेली नगरपालिकामा  दर्क्षिण भेगमा रहेको कटहरी, जहदा, धनपालथान, रंगेली , सुनबर्षि, रतुवामाईको संयुक्त बैठकबाट ११ गते देखि १७ गते सम्म विहान ६ बजे देखि १२ बजे सम्म बजार पसल तथा तरकारी बजार समेत सामाजिकदूरी कायम गरी खुल्ने तर लकडाउन कायमै रहने  निर्णणय  भएको छ ।

कृषकको लागि कृषि मलखाद पसल सुरक्षा मापडण्ढ अपनाएर २४ घण्टा खोल्ने निर्णय  भएको छ । रंगेली नगरपालिकामा एकै परिवारका १४ जनामा काेराेना पाेजेटिभ देखा परेपछि रंगेलीमा त्रास फैलिएको थियो ।

पछिल्लो समयमा रंगेलीमा काेराेना केही मात्रामा नियन्त्रणमा आउन थाले पछि नगरपालिकाले साउन १९ गतेदेखि भदौ १० गतेसम्मका लागि वडा नं. ४,५,६ र ७ पुर्ण रुपमा निषेधाज्ञा जारी गरेको थियोे । नगरपालिकाले  लकडाउनलाई भने १७ गतेसम्म निरन्तरता दिएकाे छ । बजार केही मात्रामा खुकुलो गरेको भए पनि नगरले नगरबासी समक्ष सामाजिकदूरी कायम गर्न अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...