आज : २०२६-०६-२७, शनिबार

कुलमानको नियुक्तिबारे मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छैन : ऊर्जामन्त्री

काठमाण्डौ । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिने बिषयमा मन्त्रालयबाट अहिलेसम्म कुनै प्रस्ताव नलगेका बताएका छन् ।

आज विभिन्न सञ्चारमाध्यम सहित सामाजिक संजालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताएका हुन्।

मन्त्रालय उच्च स्रोतका अनुसार यस सम्बन्धमा मन्त्रालय अझै निष्कर्षमा पुगिसकेको छैन । मंगलबार मन्त्रिपरिषद्को बैठक बसे  पनी यस विषयमा कुनै एजेण्डा नरहेको मन्त्रालय स्रोतको भनाइ छ । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान  घिसिङको कार्यकाल आगामी भदौ २९ गते सकिँदैछ । उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्नु परेको थियो । उनी नेतृत्वमा आएसँगै देश लोडसेडिङ मुक्त भएपछि उनलाई पुनः सोही पदमा दोहोर्याउनु पर्ने माग विभिन्न सामाजिक संजालमा गरिरहेका छन् । कुलमान घिसिङ नेतृत्व गरेपछि प्राधिकरण नाफामा समेत गएको छ ।