News Portal

  • गाउँपालिका अध्यक्षको एक्सन, सार्वजनिक अडियोको छानबिन समिति गठन

    हिमाली संचार संवाददाता
    ४९१ पटक

    २०७७ भदौ ८, सोमबार
    दैलेख – दैलेखको गुराँस गाउँपालिका-६ को भिउँचुला बगौरा पुलिया सडक स्तरोन्नति कार्यको सार्वजनिक टेलिफोन वार्ताका लागी छानबिन गर्न समिति गठन गरिएको छ।

    गुराँस गाउँपालिकाको एक उपभोक्ता समितिले योजना रकमको पैसा काम नगरि बाँडेको अडियो सार्वजनिक भएपछि सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको हो। पशुपति शर्माको संयोजकत्वमा रहेका छानविन समितिमा सुरेन्द महतरा, सुर्य नेपाली र उदयराज जैसि रहनु भएको छ।

    गाउँपालिकाको भीउचुलादेखि पुलिया सडक निर्माण उभोक्ता समितिले २ लाख ७६ हजार रकम उपभोक्ता समितिका तीन जनाले बाँडेको अडियोमा खुलेको छ।

    निर्माण उपभोंक्ता समितिका अध्यक्ष गगन खत्री, सचिव गोविन्द वली र कोषाध्यक्ष भक्तबहादुर रानाले ९२/९२ हजार रूपैयाँ बाँडेको खुलेको छ।

    गाउँपालिकाका सव-ईन्जिनियर नविनकुमार विसी र वडाध्यक्ष हिम बहादुर ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिईएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो।

    वडाध्यक्ष सुरेन्द्र महत्तरा, सव-इन्जियर उदयराज जैसी र सव-इन्जिनियर सूर्य नेपाली सहितको छानविन समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष ओलीले जानकारी दिनुभयो।

    सडक बनाउने रकम उपभाेक्ता समितिका अध्यक्ष, सचिव र काेषाध्यक्षले झ्याम पारे (अडियोसहित)

    छानविन समितिको प्रतिवेदन अनुसार कार्वाही प्रक्रिया अगाडि बढाइने अध्यक्ष ओलीको भनाई छ। अध्यक्ष ओलीले वडाध्यक्ष ओली र सव-ईन्जिनियरले पेश गरेको स्पष्टिकरण चित्तबुझ्दो नआए कानुनबमोजिम कार्वाही गरिने जिकिर गर्नुभयो।

    समितिका अध्यक्ष खत्रीले आफुसहित ३ जनाले रकम बाँडेर लिएको टेलिफोन कुराकानीमा भनेका छन। समितिका अध्यक्ष खत्रीले स्थानीय हिक्मत वलीसँग भएको टेलिफोन कुराकानीमा तीन जनाले ९२/९२ बाँडेर लिएको खुलेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...