
अविन माबो, मोरङ । कोभिड-१९ का कारण लकडाउनमा भोकै बस्नु नपरोस् भन्ने उदेश्य सहित नेपाल तरुण दल केराबारी मोरङले नया धारणा सहितको फुड बैंक संचालनमा ल्याएका छन्।
“हुनेले दिएर जाने, नहुनेले लिएर जाने” भन्ने नाराका साथ नेपाल तरुण दल केराबारीले फुड बैंक शनिवारदेखि संचालनमा ल्याएको हो। मोरङको केराबारी गाँउपालीका भवन अगाडी खाधन्न दाल, चामल, नुन, तेल र सोयाविन तेल राखिएको छ।
ज्यादै निम्न आय भएका दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारलाई कोरोना संक्रमणका कारण लकडाउनमा समस्यामा परेका कोही पनी श्रमिक भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले नेपाल तरुण दल केराबारीले यस्तो अभियान संचालन गरेको तरुण दलका केराबारी सभापति पप्पु शाहले बताए।
शाहका अनुसार हालसम्म १८ जनाले दिएर सहयोग गरेका छन् भने ३९० जनाले खाद्य सामग्री लिएर गएका छन्यो। अभियान निकै प्रभावकारी बन्दै गएको स्थानीय यज्ञ पोख्रेलले बताए। एक पटकमा एक पोका तेल, दुई केजी चामल, एक पाउ सोयाविन र १ पोका नुन लान पाइन्छ।
तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले नेपाल तरुण दल केराबारी गाउँपालिकाले गरेको अभियानको प्रशंसा गर्दै देशभरका तरुण कार्यकर्ताहरुलाई आआफ्नो स्थानमा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न समेत अपिल गरेका छन्।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
