News Portal

मोरङमा तरुण दलको फुड बैंकः “हुनेले दिने, नहुनेले लिएर जाने”

अहिलेसम्म १८ जनाले दिएर सहयोग गरेका छन् भने ३९० जनाले खाद्य सामग्री लगेका छन्।

हिमाली संचार संवाददाता
४२२ पटक
२०७७ भाद्र ८, सोमवार

अविन माबो, मोरङ । कोभिड-१९ का कारण लकडाउनमा भोकै बस्नु नपरोस् भन्ने उदेश्य सहित नेपाल तरुण दल केराबारी मोरङले नया धारणा सहितको फुड बैंक संचालनमा ल्याएका छन्।

“हुनेले दिएर जाने, नहुनेले लिएर जाने” भन्ने नाराका साथ नेपाल तरुण दल केराबारीले फुड बैंक शनिवारदेखि संचालनमा ल्याएको हो। मोरङको केराबारी गाँउपालीका भवन अगाडी खाधन्न दाल, चामल, नुन, तेल र सोयाविन तेल राखिएको छ।

ज्यादै निम्न आय भएका दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारलाई कोरोना संक्रमणका कारण लकडाउनमा समस्यामा परेका कोही पनी श्रमिक भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले नेपाल तरुण दल केराबारीले यस्तो अभियान संचालन गरेको तरुण दलका केराबारी सभापति पप्पु शाहले बताए।

शाहका अनुसार हालसम्म १८ जनाले दिएर सहयोग गरेका छन् भने ३९० जनाले खाद्य सामग्री लिएर गएका छन्यो।  अभियान निकै प्रभावकारी बन्दै गएको स्थानीय यज्ञ पोख्रेलले बताए। एक पटकमा एक पोका तेल, दुई केजी चामल, एक पाउ सोयाविन र १ पोका नुन लान पाइन्छ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले नेपाल तरुण दल केराबारी गाउँपालिकाले गरेको अभियानको प्रशंसा गर्दै देशभरका तरुण कार्यकर्ताहरुलाई आआफ्नो स्थानमा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न समेत अपिल गरेका छन्।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...