News Portal

शरीर बन्धक मुद्दामा पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ठगी आरोप

अदालतले प्रहरीलाई दियो पक्राउ पुर्जी !

हिमाली संचार संवाददाता
४९६ पटक

२०७७ भदौ ७, आइतबार
रामेछाप – शरीर बन्धक अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कामाथि प्रहरीले ठगी मुद्दामा समेत अनुसन्धान अघि बढाएको छ।

खड्काविरुद्ध परेको ठगी मुद्दामा अनुसन्धान गर्न पक्राउका लागि प्रहरीले रामेछाप जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको छ। यद्यपि खड्का प्रहरी हिरासतमै छन्।

दुवै मुद्दाको अनुसन्धान एकसाथ अघि बढाउने तयारीका लागि प्रहरीले अदालतमार्फत पक्राउका लागि अनुमति लिएको प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताए।

स्थानीय शेरबहादुर खड्काले गाउँपालिका अध्यक्षले ठगी गरेकोले कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन्।

२ करोड मूल्य दिन्छु भन्दै आफ्नो २१ रोपनी जग्गा गाउँपालिकाको लागि मागेको तर उक्त जग्गा पालिकालाई नभई आफ्नी साली नाता पर्नेको नाममा झुक्याएर पास गरेको र तोकिएको मूल्य नदिएको आरोप लगाइएको छ।

उक्त जग्गा धोबी बजार नजिकैको हो। गाउँपालिकाको नाममा हालसम्म कुनै जग्गा नभएकोले स्थायी संरचना बनेको छैन। भाडाको साँघुरो घरमा गाउँपालिकाको कार्यालय संचालनमा छ।

प्रहरीले ठगीको जाहेरीसमेत खड्का हिरासतमै रहेका बेला परेकाले दुवै मुद्दामा एकै साथ अनुसन्धान गर्ने भएको हो। यसअघि धोबीको एउटा उपभोक्ता समितिका अध्यक्षलाई गाउँपालिकामा बन्धक बनाई जबरजस्ती चेकमा हस्ताक्षर गर्न लगाएको अभियोगमा खड्काविरुद्ध अनुसन्धान जारी छ।

खड्कालाई ९ दिन अघि प्रहरीले पक्राउ गरेको थियो। उक्त मुद्दाको अनुसन्धानका लागि १७ दिन हिरासतमा राख्न रामेछाप जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको आजको कान्तिपुरमा समाचार छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...