News Portal

नेपालमा वर्षेनी ३ हजारभन्दा बढी कुष्ठरोगका बिरामी

हिमाली संचार संवाददाता
६८० पटक

२०७७ भदौ ७, आइतबार
वीरेन्द्रनगर – कर्णाली प्रदेशमा गत आर्थिक बर्षमा ४९ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका छन। आर्थिक वर्ष २०७६/०७७ मा कर्णालीका १० जिल्लामा नयाँ विरामी पत्ता लागेका आइएनएफ सुर्खेतले जनाएको छ।

अघिल्लो आर्थिक २०७५/०७६ बर्षमा कर्णालीमा ५६ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका थिए। कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको आईएनएफका अनुसार सुर्खेतमा १४ जना नयाँ विरामी भेटिएको जनाएको छ।

यस्तै जाजरकोटमा १३, दैलेखमा ९, कालिकोटमा ६ जुम्लामा १ र सल्यानमा २ नयाँ बिरामी फेला परेका छन्। आर्इएनएफ सुर्खेतमा कर्णाली प्रदेश बाहेका अन्य जिल्लाका ४ जना विरामीले पनि सेवा लिएको अस्पतालले जनाएको छ।

प्रति १० हजार जनसंख्यामध्ये एक जनाभन्दा कम गर्ने लक्ष्य लिइए पनि बिरामीहरू वर्षेनि बढ्दै जाँदा यसमा चुनौती देखिएको छ। साइनिङ अस्पतालका प्रमुख मंगल चौधरीले सुर्खेतमा पछिल्लो समय कुष्ठरोगका विरामीको संख्यामा कमि आएको देखिएपनि कोरोना माहामारीका कारण सेवा लिन नसकेको बताउनुभयो।

उहाँले अघिल्लो बर्षको तुलनामा यस बर्ष कुष्ठरोगका विरामीको संख्यामा कमि आएको बताउनुभयो। नेपालमा पनि वर्षेनि ३ हजारभन्दा बढी कुष्ठरोगका बिरामी फेला पर्ने गरेका छन्।

एक बर्षको अवधिमा आइएनएफ सुर्खेतमा झन्डै हजार कोष्ठरोग तथा छाला सम्बन्धी समस्या भएका विरामीले सेवा लिएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...