News Portal

बैदेशिक रोजगारीका सूचना अब मोबाइलमा

हिमाली संचार संवाददाता
५८० पटक

काठमाडौं -श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज, सुलभ र छरितो ढंगले गुणस्तरीय सेवा गराउने उद्देश्यले एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीको शुरुवात गर्ने भएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो ।

मन्त्रालयले उक्त प्रणालीसागै वैदेशिक रोजगारीसाग सम्बन्धित सूचना तथा सेवामा नागरिकको सहज पहुँचका लागि मोवाइल एप्लिकेशन समेत सञ्चालनमा ल्याएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ४/५ महिनाको छोटो समयमा उक्त प्रणालीको तयारी सकिएको भन्दै आगामी असोज १५ गतेदेखि लागू हुने बताए । उक्त प्रणालीबाट वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्याहरुको समाधानमा सहयोग पुग्ने र यो क्षेत्र व्यवस्थित हुने उनको भनाई थियो ।

अहिले तथ्यांक अभिलेखमा समस्या रहेको र यो प्रणाली सञ्चालनमा आए पश्चात यस्तो समस्यासमेत हट्ने उनले दावी गरे ।

‘बांगो नियत भएकाहरुलाई यसले सोझो बनाउनेछ,’ उनले भने ।

यो प्रणालीमा अध्यागमन विभाग¸ पासपोर्ट विभाग¸ कन्सुलर सेवा विभाग¸ कुटनीतिक नियोगहरु¸ वैदेशिक रोजगार विभाग¸ वैदेशिक रोजगार व्यवसायी¸ अभिमुखीकरण तालिम प्रदायक संस्था¸ स्वास्थ्य परीक्षण गर्ने संस्था¸ बैंक¸ बीमा कम्पनी¸ सीप तथा तालिम प्रदायक संस्था¸ गन्तव्य देशका रोजगारदातासम्बन्धी सूचना र सेवासम्बन्धी विवरणहरु उपलब्ध हुने बताइएको छ ।

यस प्रणालीले अन्तरसरकारी निकाय तथा सबै सरोकारवालाबीचको समन्वय प्रभावकारी बनाउन सहयोग पुग्ने तथा वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुनेहरु लगायतका अद्यावधिक तथ्यांक उपलब्ध हुने मन्त्री विष्टले बताए ।

हाललाई एन्ड्रोइड प्रणालीमा आधारित मोबाइल एपका माध्यमद्वारा श्रम स्वीकृति नवीकरणको फाराम पनि भर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...