News Portal

  • बैदेशिक रोजगारीका सूचना अब मोबाइलमा

    हिमाली संचार संवाददाता
    ५३२ पटक

    काठमाडौं -श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज, सुलभ र छरितो ढंगले गुणस्तरीय सेवा गराउने उद्देश्यले एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीको शुरुवात गर्ने भएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो ।

    मन्त्रालयले उक्त प्रणालीसागै वैदेशिक रोजगारीसाग सम्बन्धित सूचना तथा सेवामा नागरिकको सहज पहुँचका लागि मोवाइल एप्लिकेशन समेत सञ्चालनमा ल्याएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ४/५ महिनाको छोटो समयमा उक्त प्रणालीको तयारी सकिएको भन्दै आगामी असोज १५ गतेदेखि लागू हुने बताए । उक्त प्रणालीबाट वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्याहरुको समाधानमा सहयोग पुग्ने र यो क्षेत्र व्यवस्थित हुने उनको भनाई थियो ।

    अहिले तथ्यांक अभिलेखमा समस्या रहेको र यो प्रणाली सञ्चालनमा आए पश्चात यस्तो समस्यासमेत हट्ने उनले दावी गरे ।

    ‘बांगो नियत भएकाहरुलाई यसले सोझो बनाउनेछ,’ उनले भने ।

    यो प्रणालीमा अध्यागमन विभाग¸ पासपोर्ट विभाग¸ कन्सुलर सेवा विभाग¸ कुटनीतिक नियोगहरु¸ वैदेशिक रोजगार विभाग¸ वैदेशिक रोजगार व्यवसायी¸ अभिमुखीकरण तालिम प्रदायक संस्था¸ स्वास्थ्य परीक्षण गर्ने संस्था¸ बैंक¸ बीमा कम्पनी¸ सीप तथा तालिम प्रदायक संस्था¸ गन्तव्य देशका रोजगारदातासम्बन्धी सूचना र सेवासम्बन्धी विवरणहरु उपलब्ध हुने बताइएको छ ।

    यस प्रणालीले अन्तरसरकारी निकाय तथा सबै सरोकारवालाबीचको समन्वय प्रभावकारी बनाउन सहयोग पुग्ने तथा वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुनेहरु लगायतका अद्यावधिक तथ्यांक उपलब्ध हुने मन्त्री विष्टले बताए ।

    हाललाई एन्ड्रोइड प्रणालीमा आधारित मोबाइल एपका माध्यमद्वारा श्रम स्वीकृति नवीकरणको फाराम पनि भर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बुढाथुममा दयाराम रेग्मीको पहलमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण

    धादिङ -धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ बुढाथुम निवासी पण्डित दयाराम रेग्मीले आफ्ना बुबा–आमाको सम्झनामा आफ्नै खर्चमा...

    आज २०८२ साल असोज ६ गतेको राशिफल

    आज असोज ६, २०८२ (सेप्टेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भोलिदेखि भक्तपुरमा नवराते मेला सुरु

    भक्तपुर, असोज ५ – दशैंको सुरुवातसँगै भक्तपुरमा परम्परागत नवराते मेला सोमबारदेखि सुरु हुँदैछ। घटस्थापनासँगै सुरु...

    यूएईपछि साउदी, कतार र मलेसियामा पनि नेपाली कामदारमाथि कडाइ

    काठमाडौं, असोज ५ – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन का क्रममा जेलबाट...

    तुइनखोलाको पहिरो हटाउने काम जारी, साँझसम्म सडक सञ्चालन हुने अनुमान

    चितवन, असोज ५ – तुइनखोलामा खसेको पहिरो हटाउन कार्यदल सक्रिय भएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात खुल्ने...