News Portal

वीरगन्जमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरू बढे, दैनिक १ देखि ३ जनासम्मको मृत्यु हुँदै

६१२ पटक

२०७७ भदौ ६, शनिबार
हरिशंकर शर्मा/वीरगन्ज – वीरगन्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्यामा वृद्धि हुँदै गएको छ। केही सातायतादेखि कोरोना संक्रमणबाट वीरगन्जमा दिनहुँ एक जनादेखि तीन जनासम्मले ज्यान गुमाउने गरेका छन्।

यसै क्रममा शनिबार बिहान सवा ७ बजे एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बहुदरमाई नगरपालिका वडा नं ४ घर निवासी ६१ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको नारायणी अस्थायी कोभिड़ अस्पतालका इन्चार्ज डा.निरज सिंहले जानकारी दिए।

उनका अनुसार खोकी तथा स्वास-प्रस्वासमा समस्या आएपछि भदौ ३ गते स्वाब संकलन गरी परीक्षण गर्दा भदौ ४ गते उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड़ अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेकोमा स्वास्थ्यमा सुधार नआएपछि भदौ ४ गतेदेखि भेण्डिलेटरमा राखेर उपचार भई रहेको थियो।

स्वास-प्रस्वासमा समस्या बढ्दै गएको कारण भेन्टिलेटरमा पनि राखेर बचाउन नसकिएको डा. सिंहको भनाइ छ। यसैगरी शुक्रबार राति पनि एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।

वीरगन्ज महानगरपालिका वडा नं २६ सुगौली बिर्ता निवासी ५८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। खोकी तथा स्वास प्रस्वासको समस्याले ग्रसित उनको उपचारको क्रममा वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड़ अस्पतालमा मृत्यु भएको डा.सिंहले जानकारी दिए।

उनका अनुसार भदौ ४ गते ती पुरुषको स्वाब संकलन गरेर नारायणी असप्तालको प्रयोगशालामा  परीक्षण गर्दा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि भेण्टिलेटरमा राखेर उपचार भइरहेकोमा शुक्रबार राति मृत्यु भएको बताए।

मृतक दुबै पुरुषको कुनै ट्राभल हिस्ट्री नरहेको बताइएको छ। मृतक दुबै पुरुषसँगै वीरगन्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ। कोरोना संक्रमणबाट वीरगन्जको नारायणी अस्थायी कोभिड अस्पतालमा हालसम्म ३५ जनाको मृत्य भइसकेको छ।

मृत्यु हुनेमा पर्सा जिल्लाको मात्रै २८ जना, बाराका ५ जना र रौतहटका २ जना रहेका छन्। पर्सामा पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुनेका साथै मृत्यु हुनेहरुको संख्यामा पनि वृद्धि हुँदै गएको छ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...