News Portal

भरुवा बन्दुकसहित बाबु छोरा प्रहरी नियन्त्रणमा

हिमाली संचार संवाददाता
५६३ पटक

२०७७ भदौ ६, शनिबार
बसन्त खतिवडा/बारा – प्रहरीले बाराको निजगढबाट दुई नाल भरुवा बन्दुक र केही खजनासहित बाबुछोरालाई शुक्रबार राति नियन्त्रणमा लिएको छ। निजगढ नगरपालिका वडा नम्बर-१ पिपलटारका ५७ वर्षीय प्रेमबहादुर स्याङ्गतान र उनका छोरा ३३ वर्षीय जनकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक विकास थपलिया र अस्थायी प्रहरी पोष्ट सिगौलका प्रहरी सहायक निरीक्षक गजेन्द्र चौधरी नेतृत्वको टोलीले लोड गरिएको भरुवा बन्दुक २ थान र त्यसमा प्रयोग हुने खजनासमेत बोकेर हिँड्दै गरेका अवस्थामा बाबुछोरालाई गएराति बारा र रौतहटको सिमानामा पर्ने धन्सार खोला बगरबाट नियन्त्रणमा लिएको हो।

निरीक्षक थपलियाका अनुसार उनीहरुको साथबाट भरुवा बन्दुक र त्यसमा प्रयोग हुने छर्रा ३५ थान, फलामको ७ थान सानो टुक्रा र शिशाको बोतलमा राखिएको अन्दाजी २ सय ५० मिलिलिटर बारुदसमेत बरामद गरिएको छ।

उनीहरुलाई आइतबार जिल्ला अदालत बारामा पेस गरिने प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...