News Portal

भरुवा बन्दुकसहित बाबु छोरा प्रहरी नियन्त्रणमा

हिमाली संचार संवाददाता
५९९ पटक

२०७७ भदौ ६, शनिबार
बसन्त खतिवडा/बारा – प्रहरीले बाराको निजगढबाट दुई नाल भरुवा बन्दुक र केही खजनासहित बाबुछोरालाई शुक्रबार राति नियन्त्रणमा लिएको छ। निजगढ नगरपालिका वडा नम्बर-१ पिपलटारका ५७ वर्षीय प्रेमबहादुर स्याङ्गतान र उनका छोरा ३३ वर्षीय जनकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक विकास थपलिया र अस्थायी प्रहरी पोष्ट सिगौलका प्रहरी सहायक निरीक्षक गजेन्द्र चौधरी नेतृत्वको टोलीले लोड गरिएको भरुवा बन्दुक २ थान र त्यसमा प्रयोग हुने खजनासमेत बोकेर हिँड्दै गरेका अवस्थामा बाबुछोरालाई गएराति बारा र रौतहटको सिमानामा पर्ने धन्सार खोला बगरबाट नियन्त्रणमा लिएको हो।

निरीक्षक थपलियाका अनुसार उनीहरुको साथबाट भरुवा बन्दुक र त्यसमा प्रयोग हुने छर्रा ३५ थान, फलामको ७ थान सानो टुक्रा र शिशाको बोतलमा राखिएको अन्दाजी २ सय ५० मिलिलिटर बारुदसमेत बरामद गरिएको छ।

उनीहरुलाई आइतबार जिल्ला अदालत बारामा पेस गरिने प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...