News Portal

जनकपुरको गोरधई पोखरीमा युवक मृत फेला

हिमाली संचार संवाददाता
५११ पटक

२०७७ भदौ ६, शनिबार
घनश्याम मिश्र/जनकपुरधाम – जनकपुरको एक पोखरीमा मृत अवस्थामा फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका-९ पीडारी चोकमा रहेको एक पोखरी (गोरधई)मा मृत अवस्थामा युवक भेटिएको छ।

मृतक सर्लाही घर भई हाल जमकपुर-९ शंकटमोचन मन्दिर छेउ डेरा गरी बस्ने अन्दाजी २२ वर्षीय युवक अविनाश कर्ण रहेको धनुषा प्रहरीले जानकारी दिनुभयो।

प्रहरीकाअनुसार युवकको केही महिनादेखि मानसिक सन्तुलन बिग्रेको र उपचारसमेत भईरहेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार मृतकका आफन्त सम्पर्कमा आईसकेका छन्।

शनिबार बिहान करिब साढे ६ बजे प्रहरीले जानकारी पाउन साथ घटनास्थल पीडारी चोक पुगेको थियो। मृतक युवक जनकपुरको एक विद्यालयमा अध्यापन पेशा गर्दै आएका थिए।

मानसिक सन्तुलन खराब रहेका उक्त युवकलाई घरमा नै केहि दिन देखि बाधेर राख्ने गरेको र तीन दिन अगाडि मृतक युवक घरबाट भागेको परिवारलाई उधृत गर्दै धनुषा प्रहरीले जनाकारी दिएको छ।

मृतक युवकका बुबा प्रहरी सम्पर्कमा आईसकेको र कानून अनुसार मुचुल्का उठाई शव परिवारलाई बुझाउने कार्य भईरहेको धनुषा प्रहरीले जनाएको छ। मृत्युबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको धनुषा प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...