News Portal

एक जना संक्रमितको लागि १ लाखभन्दा बढी खर्च लाग्छ – स्वास्थ्य मन्त्रालय

हिमाली संचार संवाददाता
५७७ पटक

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना कोरोना संक्रमित खोज्नका लागि १ लाखभन्दा बढी खर्च लाग्ने गरेको दाबी गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षण गरेर एउटा पोजिटिभ भेट्न सरकारको १ लाख ४ हजार ६३० रुपैयाँ खर्च हुने दाबी सुनाए ।

उनका अनुसार पीसीआर परीक्षणका लागि सरकारले प्रति पीसीआर ५ हजार ५०० खर्च गर्छ जुन पीपीईबाहेकको शुल्क हो । हालसम्म सरकारले पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० खर्च गरेको डा. गौतमले बताए । शुक्रबारसम्म पीसीआर विधिबाट ५ लाख ७९ हजार ८९९ जनाको परीक्षण भइसकेको छ ।

‘परीक्षण मात्र होइन उपचारमा पनि खर्च हुन्छ,’ डा. गौतमले भने, ‘आईसीयूमा एकजना बिरमीलाई ३० दिन राख्दा ४ लाख ५० हजार तिर्नुपर्छ । कोरोनाको जाँच तथा उपचार खर्चिलो छ ।’

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...