News Portal

एक जना संक्रमितको लागि १ लाखभन्दा बढी खर्च लाग्छ – स्वास्थ्य मन्त्रालय

हिमाली संचार संवाददाता
५२५ पटक

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना कोरोना संक्रमित खोज्नका लागि १ लाखभन्दा बढी खर्च लाग्ने गरेको दाबी गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षण गरेर एउटा पोजिटिभ भेट्न सरकारको १ लाख ४ हजार ६३० रुपैयाँ खर्च हुने दाबी सुनाए ।

उनका अनुसार पीसीआर परीक्षणका लागि सरकारले प्रति पीसीआर ५ हजार ५०० खर्च गर्छ जुन पीपीईबाहेकको शुल्क हो । हालसम्म सरकारले पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० खर्च गरेको डा. गौतमले बताए । शुक्रबारसम्म पीसीआर विधिबाट ५ लाख ७९ हजार ८९९ जनाको परीक्षण भइसकेको छ ।

‘परीक्षण मात्र होइन उपचारमा पनि खर्च हुन्छ,’ डा. गौतमले भने, ‘आईसीयूमा एकजना बिरमीलाई ३० दिन राख्दा ४ लाख ५० हजार तिर्नुपर्छ । कोरोनाको जाँच तथा उपचार खर्चिलो छ ।’

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...