News Portal

  • कोरोनामा १३ अर्ब ३७ करोड खर्च, धेरै खर्च रक्षा मन्त्रालयमा

    हिमाली संचार संवाददाता
    ३९७ पटक
    २०७७ भदौ ५, शुक्रबार

    काठमाडौं – सरकारले कोरोना भाइरस नियन्त्रण र उपचारमा २०७६ चैतदेखि २०७७ साउन मसान्तसम्म १३ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको छ।

    औषधि र स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टाइन व्यवस्थापनजस्ता काममा यो रकम खर्च भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

    यसमध्ये संघीय सरकारबाट ५ अर्ब ८४ करोड ७९ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ। खर्चका हिसाबले स्वास्थ्य पूर्वाधारमा २ अर्ब ९३ करोड ८८ लाख ९६ हजार र औषधि तथा स्वास्थ्य सामाग्रीमा १ अर्ब ७५ करोड ५२ लाख ४० हजार रुपैयाँ रहेको छ।

    खर्च गर्नेमा रक्षा मन्त्रालय अगाडि छ। उसले २ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको छ। यस्तै स्वास्थ्य मन्त्रालयमार्फत २ अर्ब १७ करोड, गृह मन्त्रालयमार्फत् २० करोड ८३ लाख, संस्कृति पर्यटन मन्त्रालयबाट ४ करोड ४९ लाख, शहरी विकास मन्त्रालयबाट एक करोड २९ लाख र परराष्ट्र मन्त्रालयबाट ६ लाख रुपैयाँ खर्च भएको प्रवक्ता खतिवडाले जानकारी दिए।

    यस्तै एक अर्ब ३ करोड ६९ लाख ९६ हजार कोभिड कोषबाट खर्च भएको छ।

    मन्त्री खतिवडाले दिएको विवरण अनुसार प्रदेश सरकारहरुबाट एक अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको छ। सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशले सबैभन्दा धेरै खर्च गरेको छ। प्रदेश सरकारले गरेको खर्चमध्ये प्रदेश १ ले २० करोड ७१ लाख रुपैयाँ खर्च गरेको छ।

    त्यस्तै, प्रदेश नं २ ले १७ करोड २ लाख, वाग्मती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश नं ५ ले १० करोड ५९ लाख, गण्डकी प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशले ४२ करोड ४८ लाख रुपैयाँ कोभिड रोकथाम तथा उपचारमा खर्च गरेको खतिवडाले जानकारी दिए।

    कोभिड नियन्त्रणमा स्थानीय तहहरुबाट ६ अर्ब २ करोड खर्च भएको छ। यो संघ सरकारले गरेको खर्चभन्दा पनि धेरै हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...