News Portal

  • दुनियाँका ४ देश: जहाँ प्रहरीसँग हतियार हुँदैन, तर पनि छैन अपराध

    हिमाली संचार संवाददाता
    ५७१ पटक

    २०७७ भदौ ५, शुक्रबार
    एजेन्सी – नागरिकको जीउधन तथा देशको सम्पत्तिसमेतको सुरक्षा गर्ने र कानुनी व्यवस्था र शान्ति सुरक्षा कायम गराउनका लागि जुनसुकै देशमा पनि प्रहरीलाई जिम्मा दिइएको हुन्छ।

    यस्तो कार्यका लागि स्वभावतः प्रहरीलाई हतियार चाहिन्छ। शान्ति सुरक्षा कमजोर भएका देशहरुमा प्रहरीहरु हतियारले सुसज्जित भएर गस्तीमा निस्कन्छन् ता कि अपराधीहरु तर्सियुन् तर यो दुनियाँमा यस्ता केही देशहरु पनि छन् जहाँ प्रहरीसँग हतियार हुँदैन।

    शान्ति सुरक्षमा खटिने अधिकांश प्रहरीहरु निहत्था भएता पनि ती देशहरुको शान्ति सुरक्षाको अवस्था निकै उदाहरणीय रहँदै आएको छ।

    अधिकांश प्रहरीसँग हतियार नहुने दुनियाँका केही देश यी हुन्:

    १) आइसल्याण्ड
    करिब ३ लाख जनसंख्या भएको युरोपेली मुलुक आइसल्याण्डको एउटा अनौठो विशेषता यो छ कि यहाँका करिब एक तिहाइँ जनतासँग हतियार हुन्छ।

    एकातर्फ नागरिकहरु हतियारधारी हुन्छन् भने अर्कोतर्फ अधिकांस समय प्रहरीहरु विना हातहतियार सुरक्षा कार्यमा खटिएका हुन्छन्। आइसल्याण्डमा अपराधको दर निकै कम छ। नागरिकहरुसँग भएको हतियार पनि केवल जनावरको वैध सिकारका लागि मात्र प्रयोग हुन्छ।

    २) आयरल्याण्ड
    अर्को युरोपेली मुलुक आयरल्याण्डका केवल २५ प्रतिशत प्रहरी अधिकारीहरुले मात्र बन्दुक बोक्दछन्। ७५ प्रतिशत प्रहरीले त बन्दुक चलाउने तालिम नै लिएका हुँदैनन्। त्यसैले उनीहरुले बन्दुक बोक्ने कुरै भएन।

    ३) न्युजिल्याण्ड
    दुनियाँको सम्वृद्ध तथा शान्त मुलुकमध्येको एक न्युजिल्याण्डमा पनि केवल एक दर्जन प्रहरी अधिकारीहरुसँग मात्र ह्याण्डगन हुन्छ। अरु प्रहरीहरुले निजी हतियार राख्दैनन्।

    ४) नर्वे
    विश्वको सबैभन्दा सुखी मुलुक मध्येको एक नर्वेमा पनि प्रहरीले खासै हतियार बोक्दैनन्। अपराधीलाई तर्साउनका लागि पुलिसले हतियार बोक्दा जनतालाई उल्टै नकारात्मक त्रास पैदा हुने मान्यता छ त्यहाँ।

    सन् २०११ मा नर्वेमा एकजना हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा ७७ जना सर्वसाधारणको मृत्यु भएको थियो। त्यतिबेला पनि प्रहरीले ढिलोमात्र एक्सन लिएको भन्दै आलोचना भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...

    रौतहटमा जेन–जी आन्दोलनका घटनामा संलग्न आरोपमा थप एक युवक पक्राउ

    रौतहट, मंसिर २१ – जेन–जी आन्दोलनका क्रममा रौतहटमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको...

    आज २०८२ साल मंसिर २१ गतेको राशिफल

    आज मंसिर २१, २०८२ (डिसेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...