News Portal

कोरोनाकाबाट नेपालमा थप ५ जनाको मृत्यु

हिमाली संचार संवाददाता
५०६ पटक

२०७७ भदौ ५, शुक्रबार
काठमाडौं – नेपालमा कोरोना भाईरसको संक्रमणबाट बिहीबार बेलुकीदेखि अहिलेसम्म थप ५ जनाको मृत्यु भएको छ। ललितपुरको पाटन अस्पतालमा शुक्रबार बिहान २ जनाको मृत्यु भएको छ भने चितवन, बुटवल र विरगन्जमा थप १/१ जनाको मृत्यु भएको छ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार पाटनमा उपचार गराइरहेका दोलखाका ३० वर्षीया महिलाको उपचारकै क्रममा शुक्रबार बिहान मृत्यु भएको छ। उनको भदौ २ गतेदेखि पाटनमा उपचार भइरहेको थियो।

त्यस्तै सर्लाही मलंगवाका ४६ वर्षका पुरुषको पनि शुक्रबारै बिहान मृत्यु भएको जनाइएको छ। उता, भरतपुर अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको बिहीबार बेलुकी मृत्यु भएको छ।

विगत ६ दिनदेखि संक्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्यूठानको स्वर्गद्वारी नगरपालिका-७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बिहान मृत्यु भएको हो।

भदौ १ गते अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो। शुक्रबार बिहान साढे ६ बजेतिर उनको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले पुष्टि गर्नुभयो।

भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए। मृतक गौतममा मधुमेह र उच्च रक्तचापको पनि समस्या थियो।

उपचारकै क्रममा गौतमलाई निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ। यो सँगै बुटवलको कोरोना अस्पतालमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३ पुगेको छ।

उता, विरगञ्जमा ट्राभल हिस्ट्री नै नभएका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। वीरगञ्ज-१५ का ७४ वर्षका पुरुषको कोरोना संक्रमणका कारण बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...