News Portal

कोरोनाकाबाट नेपालमा थप ५ जनाको मृत्यु

हिमाली संचार संवाददाता
५७६ पटक

२०७७ भदौ ५, शुक्रबार
काठमाडौं – नेपालमा कोरोना भाईरसको संक्रमणबाट बिहीबार बेलुकीदेखि अहिलेसम्म थप ५ जनाको मृत्यु भएको छ। ललितपुरको पाटन अस्पतालमा शुक्रबार बिहान २ जनाको मृत्यु भएको छ भने चितवन, बुटवल र विरगन्जमा थप १/१ जनाको मृत्यु भएको छ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार पाटनमा उपचार गराइरहेका दोलखाका ३० वर्षीया महिलाको उपचारकै क्रममा शुक्रबार बिहान मृत्यु भएको छ। उनको भदौ २ गतेदेखि पाटनमा उपचार भइरहेको थियो।

त्यस्तै सर्लाही मलंगवाका ४६ वर्षका पुरुषको पनि शुक्रबारै बिहान मृत्यु भएको जनाइएको छ। उता, भरतपुर अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको बिहीबार बेलुकी मृत्यु भएको छ।

विगत ६ दिनदेखि संक्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्यूठानको स्वर्गद्वारी नगरपालिका-७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बिहान मृत्यु भएको हो।

भदौ १ गते अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो। शुक्रबार बिहान साढे ६ बजेतिर उनको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले पुष्टि गर्नुभयो।

भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए। मृतक गौतममा मधुमेह र उच्च रक्तचापको पनि समस्या थियो।

उपचारकै क्रममा गौतमलाई निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ। यो सँगै बुटवलको कोरोना अस्पतालमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३ पुगेको छ।

उता, विरगञ्जमा ट्राभल हिस्ट्री नै नभएका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। वीरगञ्ज-१५ का ७४ वर्षका पुरुषको कोरोना संक्रमणका कारण बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...