News Portal

  • प्रहरीको कुटाइबाट नाबालकको कानको जाली फुट्यो

    हिमाली संचार संवाददाता
    ८०२ पटक

    २०७७ भदौ ४, बिहीबार
    प्रकाश योगी/कंचनपुर – बेलुकी झन्डै ७:३० को समयमा अस्थायी प्रहरी पोस्ट कृष्णपुर-२ वाणी कंचनपुरको प्रहरीले एउटै मोटरसाइकलमा ३ जना प्रहरी सवार भई वाणीबजारको दक्षिण सरस्वती माबिसम्म पुगे प्रहरी हवल्दार गोपाल पुजारा, शिवराज भट्ट र रिमा थारु।

    वाणीका स्थानीय बासिन्दा बर्ष १५ का सुनिल चौधरी र उनीकि आमा अनिता चौधरी माछा मार्दै थिए।

    उनीहरुले माछा मारिरहेको देखेपछि प्रहरी जवान शिवराज भट्ट मोटरसाइकलबाट उत्रिएर केही सोधपुछ नै नगरी हातले कानमा हिर्काए अनि, बुटले शरीरमा हान्न थाले आमा अनिताले किन हानेको भन्दा केही जवाफ नदिएर प्रहरी फर्किए।

    अहिले उनको उपचार माया मेट्रो अस्पतालमा भईरहेको छ। कान रोक विशेषज्ञ डाक्टर डिआर कडेलका अनुसार ६० प्रतिशत कानको जाली फुटेको र तीन महिना लगातार औसधि सेवन गर्नपर्ने र तीन महिना पछि कानको अप्रेसन गर्नपर्ने बताए।

    सुनिलको परिवारको आर्थिक अबस्था कमजोर भएकाले उपचार प्रहरी जवान शिवराज भट्टले गर्ने सहमति भएको उनका काका अमर चौधरीले बताउनु भयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...