News Portal

प्रहरीको कुटाइबाट नाबालकको कानको जाली फुट्यो

हिमाली संचार संवाददाता
८४९ पटक

२०७७ भदौ ४, बिहीबार
प्रकाश योगी/कंचनपुर – बेलुकी झन्डै ७:३० को समयमा अस्थायी प्रहरी पोस्ट कृष्णपुर-२ वाणी कंचनपुरको प्रहरीले एउटै मोटरसाइकलमा ३ जना प्रहरी सवार भई वाणीबजारको दक्षिण सरस्वती माबिसम्म पुगे प्रहरी हवल्दार गोपाल पुजारा, शिवराज भट्ट र रिमा थारु।

वाणीका स्थानीय बासिन्दा बर्ष १५ का सुनिल चौधरी र उनीकि आमा अनिता चौधरी माछा मार्दै थिए।

उनीहरुले माछा मारिरहेको देखेपछि प्रहरी जवान शिवराज भट्ट मोटरसाइकलबाट उत्रिएर केही सोधपुछ नै नगरी हातले कानमा हिर्काए अनि, बुटले शरीरमा हान्न थाले आमा अनिताले किन हानेको भन्दा केही जवाफ नदिएर प्रहरी फर्किए।

अहिले उनको उपचार माया मेट्रो अस्पतालमा भईरहेको छ। कान रोक विशेषज्ञ डाक्टर डिआर कडेलका अनुसार ६० प्रतिशत कानको जाली फुटेको र तीन महिना लगातार औसधि सेवन गर्नपर्ने र तीन महिना पछि कानको अप्रेसन गर्नपर्ने बताए।

सुनिलको परिवारको आर्थिक अबस्था कमजोर भएकाले उपचार प्रहरी जवान शिवराज भट्टले गर्ने सहमति भएको उनका काका अमर चौधरीले बताउनु भयो।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...