News Portal

स्थानीयमाथि वडाध्यक्षकै निर्देशनमा कुटपिट !

हिमाली संचार संवाददाता
६९० पटक

२०७७ भदौ ४, बिहीबार
रबिन्द्र बराल – माेरङकाे रंगेली नगरपालिका ५ स्थित आपगाछिमा रहेको प्रहरी चाैकि(ख) आपगाछिमा बुधबार राति प्रहरीद्वारा सर्वसाधारण माथि अन्धाधुन्ध लाठि प्रहर गरेका छन। कुटपिट पछि राति नै प्रहरी कार्यलय स्थानीयद्वारा घेराउ गरेका थिए।

वडाध्यक्षले वडामा ५ लाई काेराना पाेजेटिभ देखाएपछि वडाका प्रतिनिधि तथा प्रहरीहरुले बिहीबार देखि वडामा कडाइ गर्न निर्यण गर्ने गरेपछि बुधबार बेलुका प्रहरी तथा वडाध्यक्ष महानन्द मंण्डलसंगै गएर घरकाे आँगन तथा खेतबाट आउदै गरेका बृद्ध, बालबालिका तथा युवाहरुलाई प्रहरीका असई भुट्कन यादव र सन्ताेष यादवले स्थानीयहरुलाई अन्धाधुन्ध लाठी प्रहार गरेकाे स्थानीयले बताए।

स्थानीयले भने वडाध्यक्षकै निर्देशनमा आफूहरुलाई कुटपिट गरेको स्थानीय दिगम्वर मंण्डले बताए। यता वडाध्यक्ष महानन्द मंन्डलले भनेे आफुले कुनै पनि निर्देशन नदिएकाे बताए।

अहिले प्रहरी चाैकिमा स्थानीयहरुले घेराउ समेत गरेका छन। आक्राेसित समुहले राति प्रहरी चाैकीका सई सन्तोष यादवकाे टाउको फुटाईदिएका थिए। आफुलाई बचाउन प्रहरीले एक राउन्ड हवाई फायर समेत गरेको थियोे।

प्रहरीले बिरेन्द्र मंण्डल, माेतिलाल मंण्डल, रमेश मंण्डल, अनुज मंण्डललागयत गरि ३० जना भन्दा बढिलाई कुटपिट गरेकाेे स्थानीय नरेश मंण्डलले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...