News Portal

वडाध्यक्षकै मिलेमतोमा बृद्धभत्ता हिनामिना

हिमाली संचार संवाददाता
६५५ पटक

रौतहट – माधवनारायण नगरपालिकामा जनप्रतिनिधिकै मिलेमतोमा सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको भेटिएको छ ।

केन्द्रीय पञ्जिकरण विभागले गरेको अध्ययनमा नगरपालिकाको वडा नम्बर ६ मा ९ लाख ७७ हजार ६०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता हिनामिना भएको भेटिएको हो ।

वडाध्यक्ष राजीवकुमार यादव र वडासचिव मनोजकुमार झाको मिलेमतोमा हिनामिना भएको हो । थप अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइएको विभागमा महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

भट्टराईकाअनुसार मृत्यु भइसकेकाहरुको नाममा समेत बुद्धभत्ता बाँडेको भेटिएको छ । साथै वितरण नै नभएको रकमलाई पनि खर्चमा समावेश गरिएको छ ।

दलित बालबालिकालाई दिइने मासिक ४०० रुपैयाँ बालपोषण भत्तामा पनि अनियमिता भएको पाइएको छ । ५ वर्ष उमेर पूरा गरिसकेकाहरुको नाम राखेर रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पञ्जीकरण विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...