News Portal

  • कृषि मन्त्रालय मातहत कार्यालयको दुई करोड ४८ लाख रकम भ्रमण खर्च

    हिमाली संचार संवाददाता
    ३८७ पटक

    २०७७ भदौ ३, बुधबार
    नविन शाही/सुर्खेत – कर्णाली प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतका कार्यालयले २ करोड ४८ लाख २ हजार रुपैयाँ भ्रमण खर्च गरेका छन। मन्त्रालय मातहतका २५ वटा कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा अवलोकन भ्रमण खर्च शिर्षकमा उक्त रकम खर्च गरेका हुन्।

    मन्त्रालय मातहतका कार्यालयमध्ये सबैभन्दा धेरै पशुपंक्षी विकास कार्यालयले रकम खर्च गरेको छ। सो कार्यालयले २१ लाख ५२ हजार रुपैयाँ अनुगमन मूल्यांकन तथा कार्यक्रम कार्यान्वयन र भ्रमण खर्च शिर्षकमा रकम खर्च गरेको मन्त्रालय स्रोतले जनाएको छ।

    त्यस्तै मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार १८ लाख ९९ हजार एकिकृत कृषि प्रयोगशाला सुर्खेतले खर्च गरेको छ भने १८ लाख ३८ हजार कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र सुर्खेतले खर्च गरेको छ।

    यस्तै सबैभन्दा बढि रकम खर्च गर्ने चौंथो स्थानमा कृषि विकास निर्देशनालयले १५ लाख भ्रमण खर्च गरेको छ। बागवानी विकास केन्द्र दार्मा हुम्लाले ८ लाख ६९ हजार रुपैयाँ भ्रमण खर्च गरेको छ भने जुफाल डोल्पा कार्यालयले ७ लाख ३० हजार खर्च गरेको मन्त्रालयले जनाएको छ।

    त्यस्तै मन्त्रालय मातहतकै कार्यालय भुमी व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालयले जम्मा १ लाख ४० हजार रकम भ्रमण खर्च गरेको छ।

    कृषि विकास कार्यालयमध्ये हुम्लामा धेरै

    भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि विकास निर्देशनालय हुम्लाले भ्रमण खर्च वापत सबैभन्दा धेरै रकम खर्च गरेको छ। उक्त कार्यालयले प्रदेशका अन्य जिल्लाको तुलनामा धेरै रकम खर्च गरेको हो।

    हुम्ला कार्यालयको आर्थिक वर्ष २०७६/०७७ मा जम्मा ११ लाख ५ हजार खर्च भएको छ भने सबैभन्दा कम कृषि विकास कार्यालय कालिकोटले रकम खर्च गरेको छ। कालिकोट कार्यालयले जम्मा ६ लाख १२ हजार खर्च गरेको मन्त्रालय स्रोतले जनाएको छ।

    मन्त्रालयले दिएको जानकारी अनुसार कृषि विकास कार्यालय जाजरकोटको ९ लाख ५ हजार, डोल्पाको ९ लाख ४ हजार र मुगु कार्यालयको ६ लाख ६० हजार भ्रमण खर्च भएको छ।

    त्यस्तै कृषि विकास कार्यालय सल्यानको ६ लाख ५० हजार, दैलेखको ६ लाख ४९ हजार र जुम्ला कार्यालयको ८ लाख ४९ हजार भ्रमण खर्च रहेको छ।

    पशु अस्पतालमध्ये सबैभन्दा हुम्लाकै धेरै खर्च

    भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशु अस्पताल तथा पशुसेवा कार्यालय हुम्लाको भ्रमण खर्च प्रदेशका अन्य जिल्लाको तुलनामा धेरै देखिएको छ।

    हुम्ला कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा १२ लाख खर्च गरेको छ भने सबैभन्दा कम जुम्ला कार्यालयले जम्मा ७ लाख रकम भ्रमण खर्च गरेको छ।

    मन्त्रालय स्रोतका अनुसार पशुअस्पताल तथा पशु सेवा कार्यालय दैलेखले ८ लाख ५० हजार, रुकुम पश्चिमले ९ लाख १० हजार, जाजरकोटले ८ लाख र सल्यान कार्यालयले १० लाख ९० हजार रकम भ्रमण खर्च गरेका छन्। साथै सल्यान कार्यालयले ३ लाख रुपैयाँ चियापान खर्च समेत गरेको छ।

    त्यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय कालिकोटले ८ लाख ५० हजार, मुगुले १० लाख र डोल्पा कार्यालयले ९ लाख भ्रमण खर्च गरेको मन्त्रालयले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीविनाको एमाले, एमालेविनाको समृद्ध नेपाल — सम्भव छैन : पोलिटब्युरो सदस्य निरुदेवी पालको स्पष्ट भनाइ

    कन्चनपुर, साउन २३ — नेकपा एमालेका पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी शर्मा ओली बिना...

    कांग्रेसको निर्देशन : रामहरि खतिवडालाई छिट्टै राजीनामा दिनुपर्ने

    काठमाडौं, साउन २३ – नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई नैतिक...

    ६ वर्षपछि फेरि नागरिकको फोन रेकर्ड गर्ने कानुन ल्याउने तयारी, सरकारले विधेयक सार्वजनिक गर्दै राय संकलन सुरु

    काठमाडौं, साउन २३ – नागरिकको फोन तथा सञ्चार सञ्जालमा निगरानी गर्ने अधिकारसहितको कानुनी व्यवस्था ल्याउने...

    उत्तराखण्डको विपत्तिमा जाजरकोटका एकै परिवारका पाँचसहित सात नेपालीको ज्यान

    सुर्खेत, साउन २३ – भारतको उत्तराखण्ड राज्यमा आएको ‘क्लाउड ब्रस्ट’का कारण उत्पन्न भीषण बाढी र...

    सर्लाहीमा विद्यालय बस दुर्घटनामा १३ वर्षीय विद्यार्थीको दुःखद निधन

    सर्लाही, साउन २३ – सर्लाहीको बरहथवामा भएको एक दुःखद घटनामा विद्यालय बसको ढोकाबाट खस्दा १३...