News Portal

  • पोखरा विश्वविद्यालयको कुलपति शिक्षा क्षेत्रको विज्ञ हुनुपर्ने माग

    हिमाली संचार संवाददाता
    ३९८ पटक

    २०७७ भदौ ३, बुधबार
    कास्की – पोखरा विश्वविद्यालयको विद्यार्थीहरुको भविष्य, उपकुलपति र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्तिको माग राखेर गरिएको नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय मुल इकाइ समितिको अनशन कोरोना भाइरसको जोखिम बढेकोे कारण स्थगित भएको छ।

    २७औं दिनसम्म जारी अनशनकका अनशनकारीलाई प्राज्ञ नगेन सिंह ठकुरीले जुस पिलाउदैं देशको भविष्य विश्वविद्यालय हो तर विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्ति नहुनु एकदमै लाजमर्दो हुनुका साथै देशको भविष्य पनि अन्यौलमा परेकोे बताउदैं अबको विश्वविद्यालयको कुलपति प्राज्ञिक, प्रोफेसर, डाक्टर अथवा शिक्षा क्षेत्रको विज्ञ हुनुपर्ने माग गर्नु भयो।

    पोखरा विश्वविद्यालय मुल इकाइ समितिका सभापति फिरोज सुबेदीले ११ महिना देखि पोखरा विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार बिहिन हुँदा विद्यार्थीहरुको भविष्य अन्योलमा परेका कारण आन्दोलन गर्नु परेको बताउँदै विश्वव्यापी महामारीको रूप लिएको कोभिड १९को संक्रमण, विद्यार्थीको स्वास्थ्य र जिल्ला प्रशसन कार्यालयबाट जारी गरिएको निषेधआज्ञाको सूचनालाई मनन गर्दै अनसन स्थगित गर्नु परेको जानकारी दिनु भयो।

    वरिष्ठ उपसभापति दीपेन्द्र गौतमले ४० हजार विद्यार्थीहरुको भविष्य कता गइरहेको छ भन्ने प्रश्न गर्दै यो अनसन कोरोना कारण स्थगित भए पनि हाम्रो आन्दोलन नरोकिने जानकारी दिनु भयो।

    पोखरा विश्वविद्यालय नेपाल विद्यार्थी संघ संस्थापक स्ववियु सभापतिका प्रत्यासी डीफन भुजेलले यस अवधीमा हामिहरुलाइ साथ सहयोग गर्नु हुने सम्पुर्ण सहयोगि हातहरुप्रती हार्दिक नमन व्यक्त गर्नु भयो।

    विद्यार्थी नेता राजीव भण्डारीले विद्यार्थीहरुको भविष्यको लागि नेपाल विद्यार्थी संघ कहिल्यै पछि नहट्ने बताउनु भयो।

    कास्की काङग्रेसका आमन्त्रित सदस्य दिनेश पौडेल, नेपाल तरुण दल पोखरा महानगर सदस्य एवम तरुण दल पोखरा महानगर ३० का सचीव सुबास भण्डारी, तरुण दल पोखरा महानगर सदस्य प्रकाश पुन एवम् नेपाल विद्यार्थी संघका प्रभावशली नेताहरु प्रताप बानियाँ र सागर रानाभाटलगायतले नेवि संघलाई आफ्नो शुभेक्षा व्यक्त गरेका थिए।

    सभापति फिरोजले साथसाथै हाम्रो दबाब एवम् आन्दोलन प्रत्यक्ष अथवा अप्रत्यक्ष विभिन्न रुपले जारी रहनेछ भन्ने कुरा सम्पूर्णमा अवगत गराउदैं नेबि संघ केन्द्रिय अध्यक्ष राजीव ढुंगाना, नेबि संघ केन्द्रिय महामन्त्री मनोज बैध, नेबि संघ केन्द्रीय महामन्त्री दीपक भट्टराईलगायत नेताहरुको माया र हौसला एवम् विशेष सुझाव, सल्लाहको सधै अनुसरण गर्ने बताउनु भयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...