News Portal

पोखरा विश्वविद्यालयको कुलपति शिक्षा क्षेत्रको विज्ञ हुनुपर्ने माग

हिमाली संचार संवाददाता
४५४ पटक

२०७७ भदौ ३, बुधबार
कास्की – पोखरा विश्वविद्यालयको विद्यार्थीहरुको भविष्य, उपकुलपति र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्तिको माग राखेर गरिएको नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय मुल इकाइ समितिको अनशन कोरोना भाइरसको जोखिम बढेकोे कारण स्थगित भएको छ।

२७औं दिनसम्म जारी अनशनकका अनशनकारीलाई प्राज्ञ नगेन सिंह ठकुरीले जुस पिलाउदैं देशको भविष्य विश्वविद्यालय हो तर विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्ति नहुनु एकदमै लाजमर्दो हुनुका साथै देशको भविष्य पनि अन्यौलमा परेकोे बताउदैं अबको विश्वविद्यालयको कुलपति प्राज्ञिक, प्रोफेसर, डाक्टर अथवा शिक्षा क्षेत्रको विज्ञ हुनुपर्ने माग गर्नु भयो।

पोखरा विश्वविद्यालय मुल इकाइ समितिका सभापति फिरोज सुबेदीले ११ महिना देखि पोखरा विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार बिहिन हुँदा विद्यार्थीहरुको भविष्य अन्योलमा परेका कारण आन्दोलन गर्नु परेको बताउँदै विश्वव्यापी महामारीको रूप लिएको कोभिड १९को संक्रमण, विद्यार्थीको स्वास्थ्य र जिल्ला प्रशसन कार्यालयबाट जारी गरिएको निषेधआज्ञाको सूचनालाई मनन गर्दै अनसन स्थगित गर्नु परेको जानकारी दिनु भयो।

वरिष्ठ उपसभापति दीपेन्द्र गौतमले ४० हजार विद्यार्थीहरुको भविष्य कता गइरहेको छ भन्ने प्रश्न गर्दै यो अनसन कोरोना कारण स्थगित भए पनि हाम्रो आन्दोलन नरोकिने जानकारी दिनु भयो।

पोखरा विश्वविद्यालय नेपाल विद्यार्थी संघ संस्थापक स्ववियु सभापतिका प्रत्यासी डीफन भुजेलले यस अवधीमा हामिहरुलाइ साथ सहयोग गर्नु हुने सम्पुर्ण सहयोगि हातहरुप्रती हार्दिक नमन व्यक्त गर्नु भयो।

विद्यार्थी नेता राजीव भण्डारीले विद्यार्थीहरुको भविष्यको लागि नेपाल विद्यार्थी संघ कहिल्यै पछि नहट्ने बताउनु भयो।

कास्की काङग्रेसका आमन्त्रित सदस्य दिनेश पौडेल, नेपाल तरुण दल पोखरा महानगर सदस्य एवम तरुण दल पोखरा महानगर ३० का सचीव सुबास भण्डारी, तरुण दल पोखरा महानगर सदस्य प्रकाश पुन एवम् नेपाल विद्यार्थी संघका प्रभावशली नेताहरु प्रताप बानियाँ र सागर रानाभाटलगायतले नेवि संघलाई आफ्नो शुभेक्षा व्यक्त गरेका थिए।

सभापति फिरोजले साथसाथै हाम्रो दबाब एवम् आन्दोलन प्रत्यक्ष अथवा अप्रत्यक्ष विभिन्न रुपले जारी रहनेछ भन्ने कुरा सम्पूर्णमा अवगत गराउदैं नेबि संघ केन्द्रिय अध्यक्ष राजीव ढुंगाना, नेबि संघ केन्द्रिय महामन्त्री मनोज बैध, नेबि संघ केन्द्रीय महामन्त्री दीपक भट्टराईलगायत नेताहरुको माया र हौसला एवम् विशेष सुझाव, सल्लाहको सधै अनुसरण गर्ने बताउनु भयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...