News Portal

  • प्रदेश अस्पतालले बिरामीलाई भ्याक्सिन दिएन

    हिमाली संचार संवाददाता
    ४६३ पटक

    २०७७ भदौ ३, बुधबार
    नविन शाही/सुर्खेत – दैलेख ठाटीकाँध गाउँपालिका ३, की लक्ष्मी विक गत साउन २८ गतेदेखि प्रदेश अस्पताल सुर्खेतमा भर्ना भईन्। उनी अस्पतालको कोठा नम्बर ११ को वेड नम्बर १ मा छन्। घर नजिकैको भीरबाट लडेर उनको साउन २७ गते देब्रे हातको नाँडीबाट भाँचियो। जसको कारण शरिरको फियो समेत फुटेको छ।

    दैलेखमा उनको उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत सुर्खेत ल्याइएको थियो। साउन २८ गते विहान देउती अस्पतालमा भर्ना गराइएकी उनलाई उपचारमा खर्च धेरै लाग्ने भएपछि सुलभ उपचारको लागि प्रदेश अस्पताल पुर्याइएको उनका दाजु योगेन्द्र कुमार सूजीले बताए।

    प्रदेश अस्पतालमै सबै उपचार हुनेभएपछि निको भएर घर फर्किने विश्वासमा अस्पतालको बेड कुरेर बसेका उनका दाजुबहिनीमा अस्पतालको लापर्वाहीका कारण त्यो विश्वास टुट्दै आएको छ। उनको उपचारमा हालसम्म करिब ६० हजार खर्च भैसकेको छ।

    हातको नाडी भाँचिदा ब्लड जाम भएको थियो जसको कारण फियो फुटेर पेटमा समेत ब्लड जाम भयो। उनको उपचारको लागि ‘एच आई बी पेनुमोरा, मिनिङ्गोकक भ्याक्सिनेशन’ नामक इन्जेक्सन लगाउनुपर्ने अस्पताल स्रोतको भनाई उदृति गर्दै उनका दाजु सूजीले जानकारी दिए।

    ‘अस्पतालले यो भ्याक्सिन आफुहरु (प्रदेश अस्पतालमा)सँग नभएकोले बाहिरबाट मगाउनुपर्ने हुन्छ। यसका लागि लाग्ने खर्च पाँच हजार रुपैयाँ तपाई (विरामी)ले तिर्नुपर्ने हुन्छ। तपाई ढुक्क हुनुहोस् उपचार हुन्छ’ अस्पतालको भनाई उदृत गर्दै सूजीले दुल्लूखबरसँग भने, ‘अहिले विरामीको अवस्था क्रिटिकल बन्दै गएको बेला अस्पतालले यो भ्याक्सिन हामी उपलब्ध गराउन सक्दैनौं। तपाई आफैले ल्याउनुहोस्। तपाईले भ्याक्सिन ल्याएपछि हामी लगाईदिन्छौं नभए विरामीलाई केही भए हामी जिम्मेवार छैनौं।

    अस्पतालले विरामीको उपचार गर्दा अन्तिम अवस्थामा गैरजिम्मेवारी कुरा गरेको उनको भनाई छ। कोरोना महामारीको अवस्थामा जताकतै निषेधाज्ञा जारी छ। यस्तो अवस्थामा हामीले कहाँबाट कसरी भ्याक्सिन ल्याउन सक्छौं र !’ सूजीले भने, ‘यदि अस्पतालले अन्तिममा आफुले सक्दैन भन्नु भन्दा समयमै भनेको भए हामीले केही उपाय गथ्र्यौं।

    यो अस्पतालले हामीलाई उपचारको अभावमा अस्पतालकै वेडमा मार्न खोजेको महसुस भईरहेको छ। लक्ष्मीको मंगलबार १२ बजे हातको अप्रेशन भएपछि अवस्था सामान्य रहेको सूजीले जानकारी दिए।

    यता, प्रदेश अस्पताल स्रोत यसबारे सम्पर्कविहीन बनेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्कासँग पटकपटक गरिएको टेलिफोन सम्पर्कमा फोन नउठ्दा अस्पताल यसबारे सम्पर्कविहीन बनेको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    सिन्धुपाल्चोकमा बालिकाको सामूहिक बलात्कार पछि हत्या, पाँच जना युवक पक्राउ

    काठमाडौं, असार १३ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गतको छ्याङ्दी जङ्गल क्षेत्रमा असार ११ गते एक...

    अमेरिकी आक्रमण निष्प्रभावी रह्यो : सर्वोच्च नेता खामेनीको टिप्पणी

    तेहेरान, असार १३ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले इरानको आणविक कार्यक्रमलाई लक्षित...

    आर्थिक अभावका कारण २ वर्षीया छोरी बचाइदिन आग्रह

    रबिन्द्र बराल/ मोरङ, असार १३ – मोरङको कानेपोखरी–२, दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे...

    सरकारमा कुनै खालको समस्या छैन, गृहमन्त्रीविरुद्धको आरोप निराधार : देउवा

    चितवन, असार १३ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारभित्र कुनै गम्भीर समस्या...

    एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोर्ड बैठकपछि मिति तय हुने

    काठमाडौं, असार १३ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब छिट्टै सार्वजनिक हुने तयारीमा...