News Portal

नेपाली युवाती ठगी गर्ने एक विदेशी नागरिक ठमेलबाट पक्राउ

४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ ठगी !

हिमाली संचार संवाददाता
५२३ पटक
२०७७ भाद्र २, मंगलवार

काठमाडौं – सामाजिक सञ्जाल इन्स्टाग्रामको माध्यमबाट परिचित एक नेपाली युवतीलाई बिवाह गर्ने प्रलोभनमा पारि ४८ लाख ठगी गरेको आरोपमा एक विदेशी नागरिक ठमेलबाट पक्राउ परेका छन्।

नेपाली एक युवती ठगी गरेको आरोपमा रिपब्लिक डि अङ्गालोका ४८ वर्षीय नागरिक सिल्भा एन्टोनियो डा कोस्टालाई ठमेलस्थित एक होटेलबाट प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता ईश्वर कार्कीले जानकारी दिएका छन्। उनले युवतीसँग ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ।

बाग्मती प्रदेशकी २१ वर्षीय एक युवती ६ महिना अघि इन्स्टाग्राम प्रयोगकर्ता बनिन। उनी बैङ्कमा काम गर्ने कर्मचारी भएकाले अङ्ग्रेजी राम्रो थियो। प्राय अङ्ग्रेजी भाषामा स्ट्याटस पोस्ट गर्ने गर्थिन। उनी फलोवर्स संख्या बढाउन चाहन्थिन। इन्टाग्राममा मार्कि नरोएको नामबाट सन्देश आयो। उनी ती व्यक्ति सँग अङ्ग्रेजी भाषाबाट कुरा गर्थिन।

चिनजान गर्ने क्रममा आफू लन्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भएको बताएका थिए। युवतीलाई विश्वास लागेन शंखा सृजना भएपछि अस्पतालको तस्वीर मागिन। उनले तस्वीर पठाए। कुराकानी दैनिक हुन थाल्यो। केटाले केटीलाई नेपाल आएर तपाईँसँग विवाह गर्छु। तिमीलाई पनि लन्डन लान्छु भन्थे। तर केटीले १ पटक नेपाल आउन अनुरोध गरिन।

केटाले नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउन्ड समेत पठाएको छु, भनी सामानको पार्सल फोटो समेत पठाए। केटीले विश्वास गरिन। केटाले सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउनको लागि रकम ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ मागे।

केटा फागुन २४ गते नेपाल आएका थिए। बैकबाट लोन लिएर भन्सार छुटाउन त हो नि पछि मेरै हुन्छ भनी रकम दिइन। यसरी गरगहनाको प्रलोभनमा युवती ठगीमा परेको महानगरीय अपराध महाशाखाका एसपी होविन्द्र बोगटीले बताए।

लकडाउनले होटलमा बसेकाले गर्दा आवश्यक परेको भनी वानेश्वर एभरेस्ट होटेलमा २० लाख रकम केटाले मागे। त्यस होटलमा प्रहरी समेत थिए। पुगी सम्पर्क गर्दा पुनः होटेल सोल्टीमा बोलाए पछि आफू ठगिएको ती युवतीले महसुस गरिन। उनले महाशाखाको टोलीलाई खबर गरिन। तत्काल महाशाखाको टोलीले डा. कोल्टालाई पक्राउ गर्‍यो।

सिल्भालाई पक्राउ गरेर बस्दै आएको होटल ठमेलमा छापा मारेर कोठाबाट तीन लाख १५ हजार ७ सय ४५ नेपाली रुपैयाँ, ९ सय अमेरिकन डलर, एटिएम कार्ड, ल्यापटप, नक्कली हजार दरका तीन थान नोट र विभिन्न देशका मुद्रा ,नोट आकारको कालो कागजको बन्डल र विभिन्न केमिकलहरु फेला पारेको छ।

राजधानीका केही महिलालाई आफ्नो माया जालमा पारी ३७ हजार लिएको समेत उजुरी आएको हुनाले सामूहिक रूपमा भेष परिवर्तन गरेर ठगी गर्ने गरेको एसपी बोगटीले बताए।

पक्राउ परेका डा कोल्टालाई काठमाण्डौं जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ। अङ्ग्रेजी भाषामा बोलेको कुरालाई नेपाली भाषामा परिवर्तन गरी बयान दिइरहेको बोगटीले बताए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...