News Portal

  • अनियमितता गरेको अभियोगमा सेनाका सहायक रथी राणा र महासेनानी सिलवाल बर्खास्त

    हिमाली संचार संवाददाता
    ३५१ पटक

    काठमाडौँ — सेनाले सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर समेत गरेको अभियोगमा दोषी ठहर गर्दै सहायक रथी प्रयोग राणा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट बर्खास्त गरेको छ ।

    आइतबार बसेको समरी जनरल सैनिक अदालतबाट पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा ‘सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर समेत गरेको’अभियोगमा सैनिक ऐन, २०६३ बमोजिम उनीहरुलाई दोषी ठहर गरिएको सेनाले जनाएको छ ।

    सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार संगठनबाट बर्खास्तीसँगै सहायक रथी राणाले आफूले अनियमितता गरेको १ करोड ५२ लाख २७ हजार ३२१ रुपैयाँ र महासेनानी सिलवालले १५ लाख ७९ हजार ४८० रुपैयाँ सेनाको खातामा दाखिला गर्नु पर्ने पनि हुन्छ ।

     

    सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार संगठनबाट बर्खास्तीसँगै सहायक रथी राणाले आफूले अनियमितता गरेको १ करोड ५२ लाख २७ हजार ३२१ रुपैयाँ र महासेनानी सिलवालले १५ लाख ७९ हजार ४८० रुपैयाँ सेनाको खातामा दाखिला गर्नु पर्ने पनि हुन्छ ।

    सैनिक मुख्यालयबाट जारी विज्ञप्तिअनुसार उक्त अदालतबाट सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाई दिने फैसला गरेको छ ।

    सैनिक हिरासतमा राखेर सोधपुच्छ थाल्नुअघि राणा सैनिक कल्याणकारी निर्देशनालयका प्रमुखको हैसियतमा कार्यरत थिए भने सिलवाल सोही निर्देशनालयमा कार्यरत थिए ।

    दुवैलाई जेठ ८ गतेदेखि सुन्धारास्थित राष्ट्रिय सेवा दलस्थित कार्यालय परिसरको हिरासतमा राखिएको छ । प्रमाण नष्ट नहोस् र छानबिनमा सहज होस् भनेर उनीहरुलाई सैनिक हिरासतमा राखिएको सेनाले जनाएको थियो ।

    राणा र सिलवालले दुई वर्षअघि वीरेन्द्र शान्ति तालिम केन्द्र (संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ जानुअघि प्रशिक्षण गर्ने स्थान) काभ्रेको पाँचखालमा अनियमितता गरेको अरोप लागेको थियो । त्यस बेला महासेनानी रहेका राणा तालिम केन्द्रका प्रमुख थिए भने सिलवाल उनको मातहतमा काम गर्थें । सेनाले आर्थिक अनियमितता भएको संकेत पाएपछि सैनिक ऐन–२०६३ अनुसार उपरथीको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरी छानबिन गरिएको हो ।

    यस्तै, सेनाले असार १७ गते संगठनको चेन अफ कमान्डलाई नमानेको कसुरमा दुई जना उच्च सैनिक अधिकारीहरुलाई सेवाबाट बर्खास्त गरिएको थियो । बर्खास्त हुनेमा सैनिक मुख्यालयमा कार्यरत सहायक रथी सुरेन्द्रसिंह रावल र पूर्व पृतना मुख्यालय इटहरीमा कार्यरत महासेनानी अनिल खड्का थिए ।

    रावललाई अमेरिकाबाट वार कलेज अध्ययन गरेका थिए र उपरथी लाइनमा पनि थिए । उनीहरुलाई माथिल्लो तहबाट भएका आदेश पालना नगरेको, सैनिक अनुशासन उल्लंघन गरेको तथा पदीय ओहोदा अनुसार जिम्मेवारी निर्वाह नगरेको कसुरमा दोषी ठहर गर्दै बर्खास्त गरिएको थियो ।

    यस्तै, जेठ ९ गते सेनाका महासेनानी भुपालमान अधिकारीसहित तीन सैनिक अधिकृत र दुई अन्य दर्जाका सैनिकले भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा अनियमितता गरेको ठहर गरेको थियो । जसमा महासेनानी भुपालमान अधिकारीसँग विगो रकम एक करोड ८५ लाख ४० हजार एक सय आठ रुपैयाँ ११ पैसा असुलउपर गर्ने निर्णय भएको थियो ।

    त्यसपछि जेठ १६ गते सेनाले सैनिक हवाई महानिर्देशनालयका पूर्व महानिर्देशक उपरथी (अवकाश प्राप्त) पाइटल सुधीर श्रेष्ठले आर्थिक अनियमितता गरेको ठहर गरेको थियो ।

    समरी जनरल सैनिक अदालतले तत्कालीन सैनिक हवाई महानिर्देशक श्रेष्ठ महानिर्देशक रहेको अवधिमा ओहद अनुसार कानुनत: पालना गर्नु पर्ने प्रक्रिया र दायित्व पूरा नगरी अनियमितता गरेको फैसला गरेको थियो । सैनिक ऐनबमोजिम श्रेष्ठसँग ५८ लाख ९५ हजार ५ सय ९० असुलउपर गर्ने र नसिहत दिने निर्णय समरी जनरल सैनिक अदालतले गरेको हो ।

    पूर्णचन्द्र थापा प्रधानसेनापति भएपछि आर्थिक अनियमिततालाई छानबिन गरेर सैनिक समरी अदालतबाट कारबाही हुने उपरथी श्रेष्ठ सबैभन्दा माथिल्ला वरीयताका सैनिक अधिृकत हुन् ।

    सेनामा साना र तल्लो तहका सैनिकहरु मात्र कारबाही पर्ने तर माथिल्लो तहका अधिकृतहरु छुट्ने प्रचलन रहँदै आएको थियो । तर सेनाले अहिले हरेक तहका सैनिकहरुलाई अनियमिता गरेपछि कारबाही गरिरहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...