News Portal

  • गोरखामा एकसाता निषेधाज्ञा जारी

    हिमाली संचार संवाददाता
    ४७५ पटक
    साउन ३२ २०७७

    गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले सोमबारदेखि लागु हुने गरी एकसातासम्म निषेधाज्ञा जारी गरेको छ । आइतबार बसेको जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले भदौ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

    समुदाय स्तरमा कोरोना संक्रमित भेटिन थालेपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

    उनका अनुसार जिल्लामा सार्वजनिक यातायात सञ्चालनमा पूर्ण रोक लगाइने छ । अत्यावश्यक प्रयोजनमा प्रयोग भएका बाहेक अन्य निजी सवारी पनि चल्न नपाउने उनले जानकारी दिए ।

    ‘जिल्लाका विभिन्न ठाउँमा रहेको बैंङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने बाह्य सेवा बन्द हुन्छ,’ प्रजिअ भट्टराईले भने, ‘खाद्यान्न, औषधि र पेट्रोलियम पदार्थ बाहेकका अरु पसलहरु खोल्न पाउने छैनन् ।’

    सरकारी कार्यालयले प्रवाह गर्ने अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिसकिएको जानकारी गराउदै उनले भने, ‘स्थानीय तहलाई पनि अति आवश्यकबाहेकका अन्य सेवा बन्द गर्न भनेका छौं ।’

    जिल्ला प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिने उनले बताए । सवारी पासबाहेकका अन्य सवारी साधनलाई राति ९ बजेदेखि बिहान ६ बजेसम्म जिल्ला प्रवेशमा पूर्ण रोक लगाइने उनले जानकारी दिए । सुरक्षा व्यवस्थालाई थप कडाइ गर्न सदरमुकाम लगायत प्रभावित क्षेत्रमा नेपाली सेना, प्रहरी र सशस्त्रको संयुक्त टोलीको गस्ती खटाउने बैठकले निर्णय गरेको छ ।

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ९ गतेको राशिफल

    आज मंसिर ९, २०८२ (नोभेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर आगामी १२ डिसेम्बरमा सञ्चालन हुने

    कुवेत -कुवेतस्थित नेपाली राजदूतावासले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतमा बसोबास गर्दै आएका नेपालीहरूको लागि निःशुल्क...

    रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिए

    काठमाडौं, मंसिर ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका जिल्ला सभापति प्रदीप बिष्टले सोमबार आफ्नो...

    जेन्जी मुभमेन्ट नेपालले भन्यो: सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त

    काठमाडौँ, मंसिर ८ — सुशीला कार्की नेतृत्वको सरकारमाथि गम्भीर भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणका आरोप...

    सिंहदरबार प्रवेश अवरुद्ध भएपछि जेन–जी समूहले दक्षिण गेटमै टाँसे मागपत्र

    काठमाडौं, मंसिर ८ – प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन तयार भएर सिंहदरबार पुगेका जेन–जीका २१ समूहका...