News Portal

सुनको झुम्का, साढे २ लाख नगत र आईफोनसहित एकजना प्रहरी नियन्त्रणमा

हिमाली संचार संवाददाता
६३७ पटक

२०७७ साउन ३२, आइतबार
सुर्खेत – सुनको जस्तो देखिने गहना सहित प्रहरी वीरेन्द्रनगर-३ बाट आज थप एक जनालाई नियन्त्रणमा लिएको छ। विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले दैलेखको आठविसकोट नगरपालिकाका बमबहादुर शाहीलाई प्रकाउ गरेको हो।

प्रहरीले उनको साथबाट सुनजस्तो देखिने ५ वटा झुम्का २ लाख ५० हजार नगत र एक सेट आईफोन मोबाईल बरामद गरेको छ।

यसअघि प्रहीले वीरेन्द्रनगर–३ जलेश्वर मन्दीर नजिकैबाट सुनको साना चुरा १६ थान, ठुलो आकारको सिरफूल ४ थान, झुम्का थान, क्लीप काँटा ३ थान बरामद गरेको थियो। गहना लुकाएको आरोपमा पन्चपुरी-३ पलैटेका हिक्मत सुनारलाई यसअघि प्रहीले नियन्त्रणमा लिईसकेको छ।

शाहीमाथी थप अनुसन्धान थालिएको प्रहरीको भनाई छ। प्रहरीले बरामद गहना सुनको हो/ होइन भन्नेबारे परिक्षण गरेपछि मात्र थाहा हुने बताएको छ।

चोरीका गहना भएको आशंका गरिएको भन्दै गहना कसले कहाँबाट ल्यायो भन्नेबारे अनुसन्धान भइरहेको बताएपनि सुनको बारेमा प्रहरीले अहिलेसम्म कुनै जानकारी गराएको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...