News Portal

  • राप्तिसोनारी गाउँपालिकासंग पत्रकार न्यौपानेद्वारा सूचना माग

    हिमाली संचार संवाददाता
    ४४४ पटक

    २०७७ साउन३१, शनिबार
    बाँके – पत्रकार तथा सुचना अभियान्ता कमल न्यौपानेले बाँकेको राप्तिसोनारी गाउँपालिकासंग सुचना माग गरेका छन।

    केही दिन देखि सामाजिक संजालमा सो गाउँपालिकाले एउटै संचार माध्यमलाई ठुलो रकम एकलौटी प्रदान गरेको बहस चुलिएपछि पत्रकार न्यौपानेले बुधवार सुचना माग गरेका हुन।

    गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बस्नेतले सामाजिक संजाल मार्फत सरकारी संचार माध्यम नेपाल टेलिभिजनसँग विविध गतिविधि उत्पादन प्रशारण गर्ने भन्दै दुबैपक्ष वीच सम्झौता भएको उल्लेख सहितको समाचार शेयर गर्नुभएको थियो।

    उहाँले शेयर गरेको सो समाचारमा पत्रकार खगेन्द्र दाहलले कति रकम ? भनेर गरेको प्रश्नमा प्रमुख बस्नेतले १ करोड रकम खुलाउनु भएको छ।

    यसरी एउटा पालिकाले एउटा सन्चार माध्यमलाई सरकारी नीति र मापदण्ड विपरीत रकम सम्झौता गरेपछि यतिवेला बाँकेमा नागरिकले पनि उतिकै चासो राखेका छन्।

    नागरिकको चासो बढेसगै पत्रकार न्यौपानेले यो वर्ष गाउपालिकाको जम्मा बजेट कति ? संचारका लागि कति, कुन कुन शिर्षकमा ? नेपाल टेलिभिजनसंगको सम्झौता, कति बजेट, कुनकुन शिर्षकमा कतिकति बजेट ? स्थानिय मिडियाका लागि यो वर्ष कुनकुन शिर्षकमा कति बजेट ? लगायतका प्रश्नसहित सुचना उपलब्ध गराई दिन माग गरेका छन।

    उनले गाउँपालिकाका प्रेस सल्लाहकार अर्जुन ओलीमार्फत पालिकाका सुचनाअधिकारी समक्ष सो सुचना मागपत्र दर्ता गराएको पत्रकार न्यौपानेले जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...