News Portal

राप्तिसोनारी गाउँपालिकासंग पत्रकार न्यौपानेद्वारा सूचना माग

हिमाली संचार संवाददाता
५३० पटक

२०७७ साउन३१, शनिबार
बाँके – पत्रकार तथा सुचना अभियान्ता कमल न्यौपानेले बाँकेको राप्तिसोनारी गाउँपालिकासंग सुचना माग गरेका छन।

केही दिन देखि सामाजिक संजालमा सो गाउँपालिकाले एउटै संचार माध्यमलाई ठुलो रकम एकलौटी प्रदान गरेको बहस चुलिएपछि पत्रकार न्यौपानेले बुधवार सुचना माग गरेका हुन।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बस्नेतले सामाजिक संजाल मार्फत सरकारी संचार माध्यम नेपाल टेलिभिजनसँग विविध गतिविधि उत्पादन प्रशारण गर्ने भन्दै दुबैपक्ष वीच सम्झौता भएको उल्लेख सहितको समाचार शेयर गर्नुभएको थियो।

उहाँले शेयर गरेको सो समाचारमा पत्रकार खगेन्द्र दाहलले कति रकम ? भनेर गरेको प्रश्नमा प्रमुख बस्नेतले १ करोड रकम खुलाउनु भएको छ।

यसरी एउटा पालिकाले एउटा सन्चार माध्यमलाई सरकारी नीति र मापदण्ड विपरीत रकम सम्झौता गरेपछि यतिवेला बाँकेमा नागरिकले पनि उतिकै चासो राखेका छन्।

नागरिकको चासो बढेसगै पत्रकार न्यौपानेले यो वर्ष गाउपालिकाको जम्मा बजेट कति ? संचारका लागि कति, कुन कुन शिर्षकमा ? नेपाल टेलिभिजनसंगको सम्झौता, कति बजेट, कुनकुन शिर्षकमा कतिकति बजेट ? स्थानिय मिडियाका लागि यो वर्ष कुनकुन शिर्षकमा कति बजेट ? लगायतका प्रश्नसहित सुचना उपलब्ध गराई दिन माग गरेका छन।

उनले गाउँपालिकाका प्रेस सल्लाहकार अर्जुन ओलीमार्फत पालिकाका सुचनाअधिकारी समक्ष सो सुचना मागपत्र दर्ता गराएको पत्रकार न्यौपानेले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...