News Portal

चितवन भरतपुर महानगरपालिका एक हप्ता लकडाउन

हिमाली संचार संवाददाता
४६० पटक
शुक्रबार साउन ३० २०७७

चितवन — भरतपुर महानगरपालिका भित्र शुक्रबार मध्यरातबाट एक हप्ता लकडाउन हुने भएको छ ।

चितवनमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण तीव्र हुन थालेसँगै महानगरपालिकाले यस्तो निर्णय लिएको हो । शुक्रबार महानगरपालिकामा प्रहरी र प्रशासनको पनि संयुक्त बैठक बसेर लकडाउन गर्ने निर्णय भएको भरतपुर–१० का वडाध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले जानकारी दिए ।

 

‘संक्रमण तीव्र भएसँगै यस्तो निर्णय लिएको हो । लकडाउन पहिला पनि भएको हो । तर पहिलाको भन्दा पनि पालनाका हिसाबले कडिकडाउ गर्ने गरेर यो हप्ता भरतपुरमा लकडाउन हुने भएको छ’ प्रवक्ता भण्डारीले भने ।

 

चितवनमा साउन २१ यता कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बिहीबारसम्म जिल्लाभर संक्रमितको संख्या १६४ पुगेको छ । यीमध्ये ४८ जना साउन २१ यता मात्रै संक्रमित भएका हुन् । बजार, बैंक, अस्पताल, प्रहरी जताततै संक्रमण पुगेको छ । जिल्लाको आधा क्षेत्रफल र जनसंख्या रहेको भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै संक्रमितहरु रहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...