News Portal

रंगेलीमा गर्भवती महिला, ६ महिनाको बालक सहित २८ जना काेराेना पुष्टि

हिमाली संचार संवाददाता
६२९ पटक
२०७७ साउन ३०, शुक्रबार

रबिन्द्र बराल, मोरङ । मोरङको रंगेली नगरपालिका भित्रको मुख्य बजार क्षेत्र हुदै समुदायमा कोरोना फैलिए संगै रंगेलीमा पछिल्लो पटक ३० जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमितको कन्ट्याक्ट्मा आएका २ सय १७ जनाको स्वाब परिक्षण गर्दा एक गर्भवती महिला, एक ६ महिनाको बालिका सहित २८ जनामा कोरोना पुष्टि भएको छ।

मोरङको रंगेली नगरपालिकामा कोरोना परीक्षण गरिएका मध्ये १ सय ७८ जनाको स्वाब परिक्षण रिपोर्ट आएकाे छ भने ३८ जनाको रिपोर्ट आउन बाकी रहेको छ। पालिकाको वडा नं. ७ का १९ जना मध्ये १४ जना पुरुष र ७ जना महिला रहेका छन।

वडा नं. ६ काे ४ जना, १ जना महिला र ३ जना पुरुष समेत रहेका छन। वडा नं. ४ का १ जना, वडा नं. ३ का १ जना, सशस्त्र प्रहरी वलका २ जना प्रहरी र नेपाल बिधुत प्राधिकरणका १ जना रहेका छ।

रंगेली वडा नं. ७ का करिब ६ महिनाको बालिकामा समेत कोरोना पुष्टि भयो। बालिकाको आमाको रिपाेर्ट भने नेगेटिभ आएको छ। उनीहरुलाई जनता क्यापसको आईसाेलेसनमा राख्ने तयारी भएको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंडलले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...