News Portal

दैनिक ब्याडमिन्टन खेल्दा शरीरलाई यस्तो फाईदा हुन्छ

हिमाली संचार संवाददाता
६०७ पटक
२०७७ साउन ३०, शुक्रवार

काठमाण्डौ । स्वस्थ्य रहन र फिट शरीरका लागि मानिसहरू विभिन्न शारीरिक व्यायाम गर्ने गरिरहेका हुन्छन् । अनावश्यक तौल घटाउन र सुन्दर शरीरका लागि खानामा कन्ट्रोल गरेर विभिन्न शारीरिक व्यायम गरिरहेका हुन्छन् । अन्य शारीरिक व्यायाम भन्दा पनि दैनिक आधा घन्टा ब्याडमिन्टन खेल्दा शरीरलाई धेरै फाइदा पुग्ने अध्ययनले पुष्टि गरेको छ । शरीरको तौल घटाउनका लागि ब्याडमिन्टन सबैभन्दा राम्रो माध्यम हो । ब्याडमिन्टन खेल्दा शरीरलाई बल पर्ने हुदा शरीरको विभिन्न अंगमा राम्रो व्यायाम हुन्छ ।

दैनिक एक घन्टा ब्याडमिन्टन खेल्दा शरीरबाट ४ सय ५० देखि ५ सय क्यालोरीसम्म बोसो नष्ट हुने हुँदा एक महिनामा करिब ४ किलो तौल घट्ने हुन्छ । ब्याडमिन्टन खेल्दा शरीरको प्रायः सबै मांसपेशीहरूको प्रयोग हुन्छ। ब्याडमिन्टनले शरीरलाई स्वास्थ्य राख्न मद्दत गर्ने कुरालाई विभिन्न अध्ययनहरूले समेत पुष्टि गरेको छ ।

ब्याडमिन्टन खेल्दा शरीरको मांशपेशीहरू बलियो हुने, हड्डीलाई मजबुत बनाउने, मेटाबोलिजम बढाउने, मुटु, मिर्गौला तथा कलेजो जस्तो शरीरका महत्वपूर्ण अंगहरु स्वस्थ्य राख्न सहयोग गर्छ । ब्याडमिन्टनले चिनीको मात्रा कम गर्न एक घण्टाभित्र पर्याप्त शारीरिक गतिविधि प्राप्त गर्न मद्दत पुग्छ । यसले कलेजोले चिनीको समग्र उत्पादनलाई घटाउँछ जसले रोगहरूलाई कम संवेदनशील बनाउँदछ ।

ब्याडमिन्टनले रक्तचाप कम गर्ने, सुत्दा घुर्ने समस्या कम गर्ने, काममा ध्यान केन्द्रित गर्न मद्दत गर्ने तथा शरीरबाट हानिकारक टक्सिनहरूलाई पसिनाको माध्यम हुदै, शरीरबाट निकालेर शरीरलाई हलुका र फिट राख्न मद्दत गर्छ ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...