News Portal

सुशील कोइरालाको ८१ औ जन्म जयन्तीको अवसरमा उर्लाबारीमा दिप प्रज्ज्वलन

हिमाली संचार संवाददाता
४१८ पटक
२०७७ साउन ३०, शुक्रवार

अविन तावा, उर्लाबारी  । पूर्व प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाको ८१ औ जन्मजयन्तिको अवसरमा हिजो साँझ उर्लाबारीको आइतबारे चौकमा दिप प्रज्ज्वलन गरेका छन् । स्थानीय नेपाली कांग्रेस कार्यकर्ताले आयोजना गरेका एक कार्यक्रममा दिप प्रज्ज्वलन गरेका थिए । आयोजित कार्यक्रममा वक्ताहरुले संविधान जारी गर्न कोइरालाले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा समेत गरेका थिए ।

कार्याक्रममा उपस्थित नेपाल तरुण दल नेता नारायण सिटौलाले वर्तमान संविधानको पिता सुशील कोइराला नै भएको दावी गर्दै उनको सपना साकार पार्न सबै लागी पर्नु पर्नेमा विशेष जोड दिएका थिए ।

नेता कोइरालाले संविधान जारी गरेर मुलुकलाई निकास दिएको भन्दै उनको योग्दानलाई कदर गर्न सबैले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेमा कांग्रेस नेता भिम थालाले पनि जोड दिदै, विकास निर्माणका कार्यलाई अगाडी बढाएर जनता र देशलाई सम्मृद्धि बनाउनु पर्ने बताए। युवा नेता मुक्तिप्रकाश न्यौपानेले कोइराला त्यागी एवम् निष्ठावान राष्ट्रप्रेमी नेता रहेको थिए, उनको सादगी जीवनबाट धेरै कुरा उदाहरणीय रहेको समेत प्रष्ट पारेको थिए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...