News Portal

सिन्धुपाल्चोकमा बिहानै पहिरो, करिब ३५ घर पुरिए

हिमाली संचार संवाददाता
८३३ पटक

२०७७ साउन ३०, शुक्रबार
सिन्धुपाल्चोक – सिन्धपाल्चोकमा फेरी अर्को दु:खद घटना आइपरेको छ। शुक्रबार बिहान करिब ६:३० बजे जुगल गाँउपालिका-२ गोल्चे लिदिको बिच टोलमा माथिबाट पहिरो खसी ३०/३५ घर पुर्ण रूपमा पुरिएको छ।

केही थप घरहरु जाेखिममा रहेको जनधनको र मानवीय क्षेति भएको स्थानीय दुर्गा श्रेष्ठले हिमालीसंचारलाई जानकारी दिए।

जलबिरे प्रहरी चौकीबाट इन्स्पेक्टर हरी पौडेलको नेतृत्वमा प्रहरी प्रशासन र कात्तिकेबाट नेपाली सेनाको ३० जनाटोली घटनास्थलमा जाँदै गरेको बताईएको छ।

जनधनको क्षति बारे भने एकिन नभएको इन्स्पेक्टर हरी पौडेलले जानकारी दिए। साथै अझै घटनास्थलमा पुग्न ३ देखि ४ घण्टामा पुगिने बताए।

यस्तो बिपत्ति पर्दा नेतृत्व तहले आवश्यक कदम चाल्नुपर्ने देखिन्छ। छिटोभन्दा छिटो घटनास्थलमा पुगि घाइतेहरूको उद्दार गर्न अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...