News Portal

हेर्नुहोस आज साउन ३० गते शुक्रबारको राशिफल

हिमाली संचार संवाददाता
६७९ पटक

वि.सं.२०७७ साल साउन ३० गते शुक्रवार | सन् २०२० अगस्ट १४ तारीख | नेपाल संवत ११४०


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। तापनि बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। परिस्थितिको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। साँझतिर आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। काममा पनि पछि परिनेछ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगले फाइदा हुनेछ। सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर आकस्मिक खर्च बढ्ने देखिन्छ। हातलागी भएको रकम सरसापटमा बाहिरिन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। साँझतिर सामाजिक कामको जिम्मेवारी आउला। चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्नेछ। भेटघाटले काममा अलमल हुन सक्छ। यात्रा केही कष्टपूर्ण हुनेछ। साँझदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले पनि इच्छाशक्ति कुण्ठित हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रतिस्पर्धा गर्नुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। तर केही चुनौती देखिनेछन्। वैधानिक प्रावधानले अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा धोका पाइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यावसायमा फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ।

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिकृया दिनुहोस्

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...