News Portal

धारामा पानी लिन गएकी बालिका बलात्कृत

हिमाली संचार संवाददाता
१०१४ पटक

क्रान्ति शाह
वीरगन्ज : वीरगन्ज महानगरपालिका-१२ मुर्लीमा आइतबार १५ वर्षीय एक बालकले छिमेककै १२ वर्षीया बालिकालाई बलात्कार गरेका छन्।  आइतबार बिहान ११ बजे घर बाहिरको चापाकलमा पानी लिन गएकी बालिकालाई बालकले आफ्नो घरमा लगेर जबरजस्ती बलात्कार गरेका हुन्।

परिवारका कोही पनि सदस्य नबस्ने र सरसामान मात्रै राख्ने गरिएको आफ्नो फुसको घरमा बालिकालाई लगेर ती किशोरले जबरजस्ती बलात्कार गरेपछि बालिका चिच्याएकी थिइन्। त्यो आवाज छिमेकीले सुनेपछि घटना थाहा पाएका थिए। बालिका चिच्याएको हल्ला सुनेपछि घर भित्र पुगेका छिमेकीले बालकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

पीडित बालिका र आरोपित बालक दुवैजनाको आइतबार नै नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको प्रहरी निरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए।

स्वास्थ्य परीक्षणपछि बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ भने आरोपित बालकलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक महत्तोले जानकारी दिए।

‘घटनापछि बालिका मानसिक रुपमा विक्षिप्त अवस्थामा छिन्, त्यसैले बालिकासँग धेरै कुरा सोध्न सकेका छैनौँ’, प्रहरी निरीक्षक महत्तोले भने,‘आरोपित बालकले भने आफनो अपराध स्वीकार गरिसकेका छन्।’

आरोपित पनि बालक भएकाले उनको परिचय गोप्य राखिएको अन्नपूर्ण पोस्टमा समाचार छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...