News Portal

  • धारामा पानी लिन गएकी बालिका बलात्कृत

    हिमाली संचार संवाददाता
    ९२१ पटक

    क्रान्ति शाह
    वीरगन्ज : वीरगन्ज महानगरपालिका-१२ मुर्लीमा आइतबार १५ वर्षीय एक बालकले छिमेककै १२ वर्षीया बालिकालाई बलात्कार गरेका छन्।  आइतबार बिहान ११ बजे घर बाहिरको चापाकलमा पानी लिन गएकी बालिकालाई बालकले आफ्नो घरमा लगेर जबरजस्ती बलात्कार गरेका हुन्।

    परिवारका कोही पनि सदस्य नबस्ने र सरसामान मात्रै राख्ने गरिएको आफ्नो फुसको घरमा बालिकालाई लगेर ती किशोरले जबरजस्ती बलात्कार गरेपछि बालिका चिच्याएकी थिइन्। त्यो आवाज छिमेकीले सुनेपछि घटना थाहा पाएका थिए। बालिका चिच्याएको हल्ला सुनेपछि घर भित्र पुगेका छिमेकीले बालकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

    पीडित बालिका र आरोपित बालक दुवैजनाको आइतबार नै नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको प्रहरी निरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए।

    स्वास्थ्य परीक्षणपछि बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ भने आरोपित बालकलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक महत्तोले जानकारी दिए।

    ‘घटनापछि बालिका मानसिक रुपमा विक्षिप्त अवस्थामा छिन्, त्यसैले बालिकासँग धेरै कुरा सोध्न सकेका छैनौँ’, प्रहरी निरीक्षक महत्तोले भने,‘आरोपित बालकले भने आफनो अपराध स्वीकार गरिसकेका छन्।’

    आरोपित पनि बालक भएकाले उनको परिचय गोप्य राखिएको अन्नपूर्ण पोस्टमा समाचार छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा...

    शेरबहादुर र आरजु देउवा अस्पतालमै, अझै साताभन्दा बढी समय उपचार आवश्यक

    काठमाडौं, भदौ ३० – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री...

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...