News Portal

सुर्खेतमा झण्डै २० तोला सुन बरामद, अनुसन्धान हुँदै

हिमाली संचार संवाददाता
४१७ पटक

२०७७ साउन २९, बिहीबार
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार साँझ हिराजडित सुन वरामद गरेको छ। वीरेन्द्रनगर–३ जलेश्वर मन्दीर नजिकैबाट गएराती प्रहरीले झण्डै २० तोला सुन बरामद गरेको हो।

विशेष सुराकीको आधारमा स्थानीय मनबहादुर सुनारले घरमा लुकाएर राखेकाे अवस्थामा प्रदेश र जिल्ला प्रहरी कार्यालयको टोलीले सुन बरामद गरेको छ भने सुनारलाई पक्राउ गरेको छ।

सुन बरामद गरेकाे प्रहरीले पुष्टी गरेपनि सुन नै हो भन्ने प्रमाणित नभएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले झण्डै १० थान सुनका बाला, झुम्का, क्लीप र कमलको फुल आकारको हिराजडित सुन बरामद गरेको जानकारी दिए।

प्रहरीले मध्यराती घटनास्थललाई सिल गरेर आज विहानबाट थप सुन लुकाएको आशंकामा खोजविन जारी राखेको एसपी भट्टले जानकारी दिए।

प्रहरी स्रोतका अनुसारका कम्तीमा २० तोला सुन प्रहरीले बरामद गरेको छ। सुन कहाँबाट कस्ले ल्यायो भन्ने नखुलेको र अनुसन्धान भइरहेको एसपी भट्टले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...