News Portal

सुर्खेतमा झण्डै २० तोला सुन बरामद, अनुसन्धान हुँदै

हिमाली संचार संवाददाता
३९९ पटक

२०७७ साउन २९, बिहीबार
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार साँझ हिराजडित सुन वरामद गरेको छ। वीरेन्द्रनगर–३ जलेश्वर मन्दीर नजिकैबाट गएराती प्रहरीले झण्डै २० तोला सुन बरामद गरेको हो।

विशेष सुराकीको आधारमा स्थानीय मनबहादुर सुनारले घरमा लुकाएर राखेकाे अवस्थामा प्रदेश र जिल्ला प्रहरी कार्यालयको टोलीले सुन बरामद गरेको छ भने सुनारलाई पक्राउ गरेको छ।

सुन बरामद गरेकाे प्रहरीले पुष्टी गरेपनि सुन नै हो भन्ने प्रमाणित नभएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले झण्डै १० थान सुनका बाला, झुम्का, क्लीप र कमलको फुल आकारको हिराजडित सुन बरामद गरेको जानकारी दिए।

प्रहरीले मध्यराती घटनास्थललाई सिल गरेर आज विहानबाट थप सुन लुकाएको आशंकामा खोजविन जारी राखेको एसपी भट्टले जानकारी दिए।

प्रहरी स्रोतका अनुसारका कम्तीमा २० तोला सुन प्रहरीले बरामद गरेको छ। सुन कहाँबाट कस्ले ल्यायो भन्ने नखुलेको र अनुसन्धान भइरहेको एसपी भट्टले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...