News Portal

बुटवलमा बिहीबारदेखि भदौ ५ गतेसम्म लकडाउन

हिमाली संचार संवाददाता
४२९ पटक

बुटवल — समुदायस्तरमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ ।

उपमहानगरको बुधबार बसेको आकस्मिक बैठकले कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो । यसअघि लकडाउन खुलेसँगै बजारमा मानिसको भिडभाड र चहलपहल बढेको, सामान्य सतर्कता पनि अपनाउन छाडेपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

‘बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिएर भदौ ५ गतेसम्मका लागि पूर्ण रूपमा लकडाउन गर्ने निर्णय भएको छ,’ आचार्यले भनिन् । लकडाउनका क्रममा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिने बताइएको छ ।

उपमहानगरले गत साताबाटै हाटबजार लगायतका भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...