News Portal

धरानको हरियालीमा २३ बेडको आइसोलेसन, पानवारीको दुध र सब्जी धरान ल्याउन दिने

गाईबस्तुको आहारा र कुखुराको चारो ल्याउन राती १० देखि १२ बजेको समयमा छुट

हिमाली संचार संवाददाता
४१७ पटक
२०७७ साउन २८, बुधवार

धरान । धरान उपमहानगरपालिका धरानको कार्यपालिका बैठकले भदौ ३ गते सम्मकालागि लकडाउनको समायावधी थप गरेको छ । हरियालीमा २३ बेडको आइसोलेसन, पानवारीको दुध र सब्जी धरान ल्याउन दिने निर्णय समेत गरेको छ।

कार्यपालिका बैठकले धरानका २० वटै वडामा उत्पादन भएका सागसब्जी, फलफुल र दुग्धजन्य पदार्थ धरान बजारमा विक्री वितरण खुला गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, बैठकले गाईबस्तुको आहारा र कुखुराको चारो समेत ल्याउनकोलागि राती १० देखि १२ बजेको समयमा छुट दिने निर्णय गरेको छ । बैठकले धरान-१३ स्थित कृषि उपज बजार स्थलमा भण्डारण रहेको सागसब्जी २ दिन भित्रमा विक्री गर्न छुट समेत दिने भएको छ। 

कार्यपालिकाले अर्काे एक महत्वपूर्ण निर्णय गर्दै धरानको हरियाली सामुदायिक वनमा रहेको आवास गृहमा २३ बेडको आइसोलेसन सञ्चालन गर्ने निर्णय समेत गरेको छ । जसमा धरानका कोरोना संक्रमित राखेर उपचार गर्नका लागि हरियालीमा २३ बेडको आइसोलेसन तयार गर्ने वडा नं. ९ का वडाध्यक्ष रत्न कटुवालले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...