News Portal

धरानको हरियालीमा २३ बेडको आइसोलेसन, पानवारीको दुध र सब्जी धरान ल्याउन दिने

गाईबस्तुको आहारा र कुखुराको चारो ल्याउन राती १० देखि १२ बजेको समयमा छुट

हिमाली संचार संवाददाता
४३२ पटक
२०७७ साउन २८, बुधवार

धरान । धरान उपमहानगरपालिका धरानको कार्यपालिका बैठकले भदौ ३ गते सम्मकालागि लकडाउनको समायावधी थप गरेको छ । हरियालीमा २३ बेडको आइसोलेसन, पानवारीको दुध र सब्जी धरान ल्याउन दिने निर्णय समेत गरेको छ।

कार्यपालिका बैठकले धरानका २० वटै वडामा उत्पादन भएका सागसब्जी, फलफुल र दुग्धजन्य पदार्थ धरान बजारमा विक्री वितरण खुला गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, बैठकले गाईबस्तुको आहारा र कुखुराको चारो समेत ल्याउनकोलागि राती १० देखि १२ बजेको समयमा छुट दिने निर्णय गरेको छ । बैठकले धरान-१३ स्थित कृषि उपज बजार स्थलमा भण्डारण रहेको सागसब्जी २ दिन भित्रमा विक्री गर्न छुट समेत दिने भएको छ। 

कार्यपालिकाले अर्काे एक महत्वपूर्ण निर्णय गर्दै धरानको हरियाली सामुदायिक वनमा रहेको आवास गृहमा २३ बेडको आइसोलेसन सञ्चालन गर्ने निर्णय समेत गरेको छ । जसमा धरानका कोरोना संक्रमित राखेर उपचार गर्नका लागि हरियालीमा २३ बेडको आइसोलेसन तयार गर्ने वडा नं. ९ का वडाध्यक्ष रत्न कटुवालले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...