News Portal

आज मिश्रविरुद्धको सुनुवाइ हुदै

हिमाली संचार संवाददाता
५३६ पटक

काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्धको सुनुवाइ आज सोमबार हुँदै छ । समितिको बैठकले मिश्रविरुद्ध परेका उजुरीको सुनुवाइ गर्ने निर्णय गरेको समिति सदस्य पूर्णाकुमारी सुवेदीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

उहाँविरुद्ध परेका उजुरीहरु माथि उजुरीकर्तासँग आइतबार सोधपुछ गरिएको थियो । प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध चार वटा उजुरी परे पनि एउटा उजुरी फिर्ता लिइएको थियो ।

यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरेकोमा सुनुवाइ समितिले उहाँको नाम अस्वीकृत गरेको थियो । जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्ले सर्वाेच्च अदालतका वरिष्ठतताका आधारमा न्यायाधीश मिश्रको नाम संवैधानिक परिषद्मा पठाएको थियो । सर्वोच्च अदालत विगत पाँच महिनादेखि नेतृत्वविहीन छ । (नेस)

प्रतिकृया दिनुहोस्

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...