News Portal

  • कोभिड-१९ विरुद्धको खोप तयार पारेको रुसी राष्ट्रपति पुटिनको दाबी

    विज्ञहरुले भने संशय प्रकट गरेका छन्

    हिमाली संचार संवाददाता
    ३७९ पटक
    २०७७ साउन २८, बुधवार

    काठमाण्डौ । रुसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गरेकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर रुसले मान्यता दिइएको बताएका छन् ।

    रुसको गामालिया रिसर्च सेन्टरले बनाएको भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । राष्ट्रपति पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए । राष्ट्रपति पुटिनले भ्याक्सिन उनकै छोरीमा समेत प्रयोग गरिएको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

    पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको दाबी गरेका छन् । उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड-१९ का कारण मृत तत्व रहेको र यिनीहरु वृद्धि हुन नसक्‍ने गामालिया रिसर्च सेन्टराका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् ।

    तर, विज्ञहरुले भने यो भ्याक्सिनबारे प्रश्न पनि उठाएका छन् ।बीबीसीका अनुसार उनीहरुले यसको परीक्षणको तीव्रतालाई लिएर प्रश्न गरेका हुन ।

    यस्तै, विश्व स्वास्थ्य संगठनले क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा भ्याक्सिनहरुमा रुसको भ्याक्सिन नपरेको पनि बीबीसीले उल्लेख गरेको छ ।

    डब्लुएचओकी प्रवक्ताका अनुसार गस्ट ४ मा पत्रकार सम्मेलनमा ‘कसैले केही नयाँ चिज पत्ता लगायो भन्ने खबर राम्रो हो तर, काम गर्नसक्ने भ्याक्सिन बनाउने कुनै उपाय पत्ता लगाउनु र सबै चरणका परीक्षण पार गर्नुमा ठूलो भिन्नता छ’ भनेकी थिइन् । विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन । 

    रुसमा हालसम्म ८ लाख ९१ हजार मानिसहरुमा कोरोना संक्रमण देखिसकेको छ । चीनको वुहान सहरबाट सन् २०१९ अन्तिमदेखि फैलन सुर गरेको कोरोना भाइरस हालसम्म विश्वको १ सय ८८ भन्दा मुलुकहरुमा देखा परिसकेको छ । कोरोनाका सबैभन्दा बढी संक्रमित क्रमश: अमेरिका, ब्राजिल र भारतमा रहेको जोन हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ । कोरोना भाइरसका कारण विश्वमा हालसम्म ७ लाख ४६ हजार जना मानिसको मृत्यु भएको छ । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...