News Portal

  • गोंगबु हत्याकाण्डप्रकरण: आरोपीत महिलाको यस्तो बयान

    हिमाली संचार संवाददाता
    ७२६ पटक
    २०७७ साउन २७,मंगलवार

    काठमाण्डौ – काठमाण्डौको गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। आफ्नो नांगो तस्वीर सार्वजनिक गरेपछि कृष्णबहादुर बोहोराको हत्या गरेको बयान आरोपित महिलाले दिएकी छिन्।

    चितवनबाट पक्राउ परेकी कल्पना मुडभरी पौडेलले बोहोराको हत्या गरेको स्वीकार्दै प्रहरीसमक्ष यस्तो बयान दिएकी हुन्। प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत कल्पनालाई सार्वजनिक गरेको छ।

    बोहोराले आफ्नो नामको नक्कली फेसबुक आइडी बनाएर नंग्न तस्वीर सार्वजनिक गरेको कल्पनाले प्रहरीसँग बताएकी छन्। त्यही रिसको झोकमा सहन नसकेर बोहोराको हत्या गरेको कल्पनालाई उधृत गर्दै प्रहरीले जनाएको छ।

    महानगरीय प्रहरी परिसरका एसपी श्याम ज्ञवालीले कल्पनाले आफ्नै कोठामा बोलाएर बोहोरालाई बेहोस पार्ने औषधि खुवाई हत्या गरेको खुलेको जानकारी दिए।

    उनले भने, ‘औषधि सेवनबाट बेहोस भएपछि कल्पनाले बोहोराको अण्डकोष काटिदिएको खुलेको छ।’ हत्यापछि चक्कुले खुट्टा र टाउको छिनाले र शव व्यवस्थापन गरेको पाइएको ज्ञवालीले बताए।

    प्रहरीले हत्यामा थप व्यक्तिको संलग्नताको आशंका गरे पनि कल्पनाले अन्यको संलग्नता नरहेको बयान दिएकी छन्। हत्यामा प्रयोग भएका दुइवटा खुकुरी र हम्मर प्रहरीले फेला पारिसकेको छ। प्रहरीले शव व्यवस्थापनमा कल्पनालाई उनकी १० कक्षामा पढ्ने छोरीले सहयोग गरेको जनाएको छ।

    गएको आइतबार बिहान बोहोराको शव सडकमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए तर, टाउको र खुट्टा भने ३ सय मिटर टाढा खाली जग्गाको कुनामा फेला परेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...