News Portal

गोंगबु हत्याकाण्डप्रकरण: आरोपीत महिलाको यस्तो बयान

हिमाली संचार संवाददाता
७७१ पटक
२०७७ साउन २७,मंगलवार

काठमाण्डौ – काठमाण्डौको गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। आफ्नो नांगो तस्वीर सार्वजनिक गरेपछि कृष्णबहादुर बोहोराको हत्या गरेको बयान आरोपित महिलाले दिएकी छिन्।

चितवनबाट पक्राउ परेकी कल्पना मुडभरी पौडेलले बोहोराको हत्या गरेको स्वीकार्दै प्रहरीसमक्ष यस्तो बयान दिएकी हुन्। प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत कल्पनालाई सार्वजनिक गरेको छ।

बोहोराले आफ्नो नामको नक्कली फेसबुक आइडी बनाएर नंग्न तस्वीर सार्वजनिक गरेको कल्पनाले प्रहरीसँग बताएकी छन्। त्यही रिसको झोकमा सहन नसकेर बोहोराको हत्या गरेको कल्पनालाई उधृत गर्दै प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसरका एसपी श्याम ज्ञवालीले कल्पनाले आफ्नै कोठामा बोलाएर बोहोरालाई बेहोस पार्ने औषधि खुवाई हत्या गरेको खुलेको जानकारी दिए।

उनले भने, ‘औषधि सेवनबाट बेहोस भएपछि कल्पनाले बोहोराको अण्डकोष काटिदिएको खुलेको छ।’ हत्यापछि चक्कुले खुट्टा र टाउको छिनाले र शव व्यवस्थापन गरेको पाइएको ज्ञवालीले बताए।

प्रहरीले हत्यामा थप व्यक्तिको संलग्नताको आशंका गरे पनि कल्पनाले अन्यको संलग्नता नरहेको बयान दिएकी छन्। हत्यामा प्रयोग भएका दुइवटा खुकुरी र हम्मर प्रहरीले फेला पारिसकेको छ। प्रहरीले शव व्यवस्थापनमा कल्पनालाई उनकी १० कक्षामा पढ्ने छोरीले सहयोग गरेको जनाएको छ।

गएको आइतबार बिहान बोहोराको शव सडकमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए तर, टाउको र खुट्टा भने ३ सय मिटर टाढा खाली जग्गाको कुनामा फेला परेको थियो।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...