News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • संक्रमित दैनिक बढेपछि रंगेलीको जनता क्यापसमा आईसाेलेसनकाे स्थापना

    हिमाली संचार संवाददाता
    ३७२ पटक

    २०७७ साउन २५, आईतबार
    रबिन्द्र बराल/मोरङ – संक्रमितको संख्या दैनिक बढ्दै गएपछि रंगेली नगरपालिकाले आफ्ना नागरिकहरुलाई सुरक्षा दिन जनता क्याम्पसमा आइसोलेशन स्थापना गरिएको छ।

    नगरपालिकाले चैत्र महिनामा स्थापना गरेको क्वारेन्टाइनलाई रुपान्तरण गर्दे आफ्ना नागरिकको व्यवस्थापनका लागि क्याम्पसलाई नै आईसोलेशन अस्पतालमा रुपान्तरण गरेको हाे।

    सङ्क्रमण बडदै गएपछि बिभिन्न स्थानमा रहेका आईसाेलेसनहरु भरिदै गएपछि आईसोलेशन सञ्चालन कार्यविधिमा तोकेको मापदण्डमा टेकेर तत्कालको समस्या टार्नका लागि क्याम्पसलाई नै आईसोलेशन अस्पतालमा रुपान्तरण गरिएको हो।

    मापदण्डअनुसार रंगेली नगरपालिकाले क्याम्पसलाई नै १ सय शैयाको आईसोलेशन अस्पतालकाे स्थापना भएको घोषणा गरेको छ। उक्त आईसोलेशनमा ६ महिलासहित २८ नागरिकहरुलाई राखिएको छ।

    अस्पतालमा अक्सिजन सिलिण्डरको व्यवस्था, संक्रमितलाई प्रयोग गर्न व्यक्तिगत साबुनसहित सरसफाईमा प्रयोग गरिने सामाग्रीको उपलब्धता, शौचालय तथा पानी आपूतिको व्यवस्थापनसहित, स्वास्थ्य परामर्शका रंगेली अस्पताल मेडिकल सुपरिटेन्डेन्ट राेहिन्द्र पाण्डेसहित २ जना एचए २४ सैं घण्टा अस्पतालमा रहने व्यवस्थाकाे नेतृत्वको चिकित्सक टोली परिचालनसमेत गरिएको मेयर बगडीयाले बताए।

    आईसोलेशन सुरक्षा र सतर्कतामा ध्यान दिनका लागि सुरक्षाकर्मी सहितको टोलि समेत रहेको छ। क्याम्पसको आईसोलेशन अस्पतालमा रहेका बिरामीहरुलाई तीन पटक चिया र बिस्कुट, बिहान र बेलुका खाना र दुईवटा फलफुल समेत उपलब्ध गराउने गरिएको बताए।

    हालसम्म रंंगेलीमा ५२ संक्रमित पुगेका छन्। संक्रमितमध्ये वडा नम्बर ७ को शिवमन्दिरमा रहेका दुई पुजारी भागेर भारत नै फर्केका छन्। शिव मन्दिर नजिकै रहेको एकै घरका १४ जना संक्रमित भएपछि सम्पर्क पहिचानका आधारमा मन्दिरका तीन पुजारीको समेत स्वाब लिईएको थियो।

    स्वाब लिएकै राती भारतीय नागरिक दुई पुजारी भने भागेको मेयर बगडीयाले बताए। रंगेली नगरपालिकाले हालसम्म १ हजार ४ सय २७ जनाको स्वाब परीक्षण गराईसकेको छ।

    रंगेली नगरपालिका क्षेत्रलाई लकडाउन घोषणा गरिएको छ। संक्रमितको संख्या दैनिक बढेपछि अहिले बजार सुनसान रहेको छ। कोभिड क्राईसिस मेनेजमेन्ट समितिको आइतबार बिहान बसेको बैठकले यसलाई थप कडाई गर्दै संक्रमितको सम्पर्क पहिचान र संक्रमितहरुको व्यवस्थापनमा ध्यान दिने निर्णय गरेको छ।

    रंगेली नगरपालिकाले भारत तथा बाहिरबाट आउने नागरिकलाई राख्नका लागि तिरुपति बालाजिकाे मन्दिरकाे नयाँ भवनलाई क्वारेन्टीनको रुपमा प्रयोग गरिरहेको छ। नगरपालिकाले भदौ २ सम्मका लागि वडा नम्बर ७,८ र ९ पुर्ण रुपमा सिल गरेको छ भने बाँकी वडाहरु लकडाउन गर्ने निर्णयसमेत गरेको छ।

    प्रतिकृया दिनुहोस्

    देउवालाई कांग्रेस नेताहरूको प्रश्न: सिंगापुर उपचारपछि बैंकक फलोअप, के हो रहस्य?

    ७ वैशाख, काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवालाई हालै स्वास्थ्य उपचारका लागि सिंगापुर र बैंककको...

    कलंकी ग्याङफाइट : अभय तामाङ हत्यामा २१ जनाविरुद्ध ज्यान मुद्दा, सर्वोच्च अदालतको नजिर अनुसार कारबाही अघि बढ्दै

    काठमाडौं, वैशाख ७ – काठमाडौंको कलंकीस्थित खड्कागाउँमा भएको ग्याङफाइट प्रकरणमा २३ वर्षीय अभय तामाङको हत्या...

    रवि लामिछानेको सर्वोच्चमा निवेदन : “म गैरकानुनी रूपमा थुनामा छु”

    काठमाडौं, वैशाख ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई बिना कानुनी प्रक्रिया...

    राप्रपाको प्रदर्शनबाट अध्यक्ष लिङ्देनसहित सात जना पक्राउ

    काठमाडौं, वैशाख ७ – राजधानी काठमाडौंमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शनका...

    तनहुँमा माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

    काठमाडौँ, वैशाख ७ – तनहुँको नेपाल डाँडास्थित सडक खण्डमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको...