News Portal

सरकारले जारी गरेका निर्देशन  पालना गर्न  -राष्ट्रपतिको आग्रह

हिमाली संचार संवाददाता
३५३ पटक
शनिबार साउन २३ २०७७

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले  कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्नु आग्रह गरेकी छिन् ।

शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको टोलीसँगको भेटमा उनले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीले लकडाउनका कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्नेलगायत निजी क्षेत्रका उद्योग व्यवसायका श्रमिकले रोजगारी गुमाउनुपरेकामा पनि चिन्ता व्यक्त गरेकी थिइन्।

 

उपप्रधानमन्त्री पोखरेल नेतृत्वको टोलीले कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामबारे राष्ट्रपतिलाई जानकारी गराएका राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा उलेखक छ ।

 

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...