News Portal

यूएई, साउदी र कतार जाने नेपाली ६५ प्रतिशतले घटे

हिमाली संचार संवाददाता
६५२ पटक

२०७७ साउन २३, शुक्रबार
काठमाडौँ – कोरोना संकटका कारण कतार, साउदी अरेबिया र यूएई जाने नेपालीको संख्या ६५ प्रतिशतले कमी आएको छ।

विश्वव्यापी कोरोना संकटका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवसम्म रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्यामा कमी आएको हो।

वैदेशिक रोजगारीमा जाने समग्र युवाको संख्यामा भने २८ प्रतिशतले मात्र घटे पनि खाडीका प्रमुख तीन देश जाने नेपाली संख्या एक वर्षमा १ लाख ४० हजारभन्दा कमीले घटेको भएको पाइएको छ।

आर्थिक वर्ष २०७५/७६ मा कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्या ३ लाख ९८ हजार रहेकामा गत आवमा सो संख्यामा ६५ प्रतिशत कमी आएर १ लाख ४० हजार ८२० पुगेको छ।

गत वर्ष मलेसिया जान नपाएका युवा वैकल्पिक रोजगारी खोज्दै खाडी राष्ट्र जाने क्रम बढेको कारण यो संख्यामा वृद्धि भएको भए पनि हाल कोरोनाका कारण घटेको हो।

अघिल्लो आर्थिक वर्षका कतार जाने नेपाली युवाको संख्या सबैभन्दा बढी १ लाख ६१ हजार २१५ रहेकोमा गत आवमा सो संख्यामा ५० प्रतिशत कमी भएर ८१ हजार ५६७ मा सिमित भएको छ।

वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०७६/७७ को तथ्यांक सार्वजानिक गर्दै कतार जानेको संख्यामा ७९ हजार ६४८ ले कमी आएको कारोबार दैनिकमा समाचार छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...