News Portal

यूएई, साउदी र कतार जाने नेपाली ६५ प्रतिशतले घटे

हिमाली संचार संवाददाता
६०२ पटक

२०७७ साउन २३, शुक्रबार
काठमाडौँ – कोरोना संकटका कारण कतार, साउदी अरेबिया र यूएई जाने नेपालीको संख्या ६५ प्रतिशतले कमी आएको छ।

विश्वव्यापी कोरोना संकटका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवसम्म रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्यामा कमी आएको हो।

वैदेशिक रोजगारीमा जाने समग्र युवाको संख्यामा भने २८ प्रतिशतले मात्र घटे पनि खाडीका प्रमुख तीन देश जाने नेपाली संख्या एक वर्षमा १ लाख ४० हजारभन्दा कमीले घटेको भएको पाइएको छ।

आर्थिक वर्ष २०७५/७६ मा कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्या ३ लाख ९८ हजार रहेकामा गत आवमा सो संख्यामा ६५ प्रतिशत कमी आएर १ लाख ४० हजार ८२० पुगेको छ।

गत वर्ष मलेसिया जान नपाएका युवा वैकल्पिक रोजगारी खोज्दै खाडी राष्ट्र जाने क्रम बढेको कारण यो संख्यामा वृद्धि भएको भए पनि हाल कोरोनाका कारण घटेको हो।

अघिल्लो आर्थिक वर्षका कतार जाने नेपाली युवाको संख्या सबैभन्दा बढी १ लाख ६१ हजार २१५ रहेकोमा गत आवमा सो संख्यामा ५० प्रतिशत कमी भएर ८१ हजार ५६७ मा सिमित भएको छ।

वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०७६/७७ को तथ्यांक सार्वजानिक गर्दै कतार जानेको संख्यामा ७९ हजार ६४८ ले कमी आएको कारोबार दैनिकमा समाचार छ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...