News Portal

कोरोना रोकथाम तथा नियन्त्रणमा ६ करोड बढी खर्च

हिमाली संचार संवाददाता
४४३ पटक

२०७७ साउन २२, बिहीबार
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाम र राहत वितरणमा ६ करोड भन्दा धेरै रकम खर्च गरेको छ। कोरोना सङ्क्रमण तथा रोकथाम नियन्त्रण र उपचार कोषमा प्रदेश सरकारको ३० लाख र अन्य व्यक्ति तथा संस्थाबाट ७ करोड ११ लाख ५७ हजार बचत भएको जनाएको छ।

यो मध्ये नगरपालिकाले अहिलेसम्म ६ करोड २४ लाख १५ हजार भन्दा धेरै रकम खर्च गरिसकेको जनाएको छ। नगरपालिकासंग अव कोभिड कोषमा जम्मा ८७ लाख ४१ हजार रकम बाँकी रहेको जनाएको छ।

नगरपालिकाले सबैभन्दा धेरै क्वारेटाईन व्यवस्थापन, खाना, राहत वितरण अन्य सामाग्री खरिदमा खर्च गरेको जनाएको छ। नगरपालिकाले लकडाउन अवधिभर दुई करोड २६ लाख भन्दा धेरै राहत सामग्री वितरण गरेको जनाएको छ।

खानामा १ करोड ४८ लाख, औषधि उपचारमा ५७ लाख ५० हजार र कपडामा २६ लाख ७७ हजार खर्च गरेको जनाएको छ। यस्तै प्रोत्साहन खर्चमा ९० लाख ७२ हजार, बसपार्क आईसोलेशन निर्माण ५ लाख मसलन्द खर्च, १४ लाख ८० हजार र अन्य विधित खर्चमा २६ लाख ७२ हजार खर्च गरेको जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले २१ हजार ९ परिवारलाई राहतस्वरुप विभिन्न खाद्य सामग्री वितरण गर्दा रकम खर्च भएको बताउनुभयो।

अधिकृत ढकालले ज्यालादारी मजदुर, अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर वीरेन्द्रनगरवासी र बाहिरका झण्डै ७४ हजार व्यक्तीलाई खाद्य सामग्री वितरण गरेको जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...