
२०७७ साउन २१, बुधबार
सुर्खेत – नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशको कार्यालय लामो समय देखी बाँकेको नेपालगञ्जमा रहेको छ। प्रादेशिक संरचनामा देश गएपनि नेपाल टेलिकमको कार्यालय भने अझै प्रदेश ५ मा रहेको छ।
टेलिकमले अहिले नेपालंगञ्जमा रहेर कर्णाली प्रदेशको बोर्ड राखेर काम गरिरहेको छ। टेलिकमको प्रादेशिक कार्यालय अन्य प्रदेशमा हुदाँ सानोतिनो कामको लागी पनि धेरै समय लाग्ने गरेको छ।
प्रादेशिक कार्यालयले कर्णालीका १० जिल्लामा रहेका टेलिकमका बारेमा नितिनियम बनाउने र प्रदेशमा रहेका टेलिकमका टावरहरुको मर्मत गर्ने गर्दछ। तर अहिले आफ्नो प्रदेशमा कार्यालय नहुदाँ सानातिना काम गर्न नेपालगंज जानुपर्ने बाध्यता रहेको छ।
यता प्रादेशिक कार्यालयका प्रमुख अन्तप्रकाश मल्लीकले सुर्खेतमा कार्यालयको लागी आफ्नै भवन नुहदाँ र भाडामा उपयुक्त घर पाउन नस्कदा कार्यालय नेपालगंजमा रहेको बताउनुभयो।
उहाँले अव छिटै नै टेलिकम सुर्खेत रहेको भवनमा मिलाएर भएपनि कार्यालय सार्ने तयारी भईरहेको बताउनुभयो। अहिले ५ नम्बर प्रदेश हेर्ने टेलिकमका दुई वटा प्रादेशिक कार्यालय भैरवा र नेपालगंज रहेका छन।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
